back

विपी राजमार्गमा ठप्प: सवारी आवागमन बन्द

वि.सं.२०७५ चैत ३० शनिवार

408 

shares
GLOBAL IME AD
NTC AD

३० चैत, सिन्धुली ।  विपी राजमार्गसँगै जिल्लाभर आज बिहानैदेखि सवारी आवागमन ठप्प भएको छ । प्रहरीले दोषीलाई कारवाही नगरी छाडेको भन्दै नेपाली काङ्ग्रेस सिन्धुलीले सवारी आवागमन बन्द गराएको हो ।

तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्ने प्रतिबद्धता जनाएकामा गए राति नै छाडेकाले दोषीलाई कारवाहीको माग गर्दै सवारी आवागमन अवरुद्ध पारिएको नेपाली काङ्ग्रेस सिन्धुलीका सचिव दीपककुमार घिमिरेले जानकारी दिए ।

दोषीलाई कारवाहीको माग गर्दै काङ्ग्रेसका कार्यकर्ताहरुले प्रर्दशनमा उत्रिएपछि विपी राजमार्गअन्तर्गत भिमान, शान्तिनगरचोक, खुर्कोट, नेपालथोक र जिल्लाका भित्री सडक हरिहरपुरगढी गाउँपालिकाको झनझने, दुधौली, भिमस्थान, मध्यपहाडी लोकमार्गको ग्वालटारलगायतका दर्जनाँै स्थानमा सवारी आवागमन अवरुद्ध भएको छ । आज दिउँसो यस विषयमा जिल्ला कार्यसमितिको बैठक बस्ने र थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने सचिव घिमिरेको भनाइ छ ।

अहिले नेपाली काङ्ग्रेससम्बद्ध नेता तथा कार्यकर्ताले शान्तिनगरचोकमा टायर बालेर सवारी आवागमन ठप्प पारेका छन् । यसबारे सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सवारी सञ्चालन गर्र्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता मधु भनिने सिद्धिबहादुर कटुवालमाथि गाउँपालिकाका अध्यक्षलाई कार्यकक्षमै चैत २८ गते दिउँसो २ बजे दुव्र्यवहारसहित हातपात गरेको आरोप लागेको छ । सडक निर्माण समिति तीनपाटन–१ बेलघारीमा अनियमतिता भएको गुनासो आएको र अनुगमनपश्चात समितिको पैसा निकासी हुने प्रक्रिया चलिरहँदा कटुवालले हातपात गरेको गाउँपालिका अध्यक्ष मगरको आरोप छ ।

कटुवाल उपभोक्ता समितिको सदस्यसमेत नरहेको र असम्बन्धित व्यक्तिले आफूमाथि आक्रमण गरेकाले कारवाही गर्न उनले हिजो सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरी आग्रह गरेका थिए ।

वि.सं.२०७५ चैत ३० शनिवार ०९:४५ मा प्रकाशित

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

म्याग्दी । महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक...

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम...

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

दीपक श्रेष्ठ, गोरखा । गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ...

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

रामहरि न्यौपाने । त्रिशूली (नुवाकोट) । गोरखा भूकम्पको १० वर्षपछि...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट...

महायज्ञमा एक करोड २० लाख सङ्कलन

महायज्ञमा एक करोड २० लाख सङ्कलन

भक्तपुर । शिव पुराण महायज्ञमा बिहीबारसम्म रु एक करोड २०...