back
CTIZAN AD

नेपालमा कफी उत्पादन : किसानका लागि रोजगारी

वि.सं.२०७६ वैशाख ३ मंगलवार

717 

shares

३ वैशाख, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कृषि क्षेत्रमा विविधीकरण, यान्त्रिकीकरण तथा औद्योगीकरण तथा आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल चिया तथा कफी विकास बोर्डले सोमबार आयोजना गरेको नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलन-२०७६ को यहाँ उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा १२ लाख हेक्टर जमीनमा कफीखेतीको सम्भावना रहेको बताए । पूर्वप्रधानमन्त्री दाहालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कफीको माग धेरै रहेको तर नेपालको उत्पादन निकै थोरै रहेको प्रसङ्ग उल्लेख गरेका छन् ।

उनले नेपालमा उत्पादन हुने कफीको गुणस्तर राम्रो रहेकाले पनि विदेशमा निर्यात हुने सम्भावना रहेको औँल्याए । उनले कफी उत्पादनको क्षेत्रमा लगानी बढाउन, अनुसन्धान, तालीम तथा विस्तारका लागि राज्यको ध्यान केन्द्रित हुनुपर्ने औँल्याए ।

सो अवसरमा कृषि राज्यमन्त्री रामकुमारी चौधरीले विसं १९९५ देखि नेपालमा कफीखेती शुरु भएको बताउँदै कफीलाई विश्वबजारमा पुु¥याउन गुल्मीलाई सुपर जोनको रूपमा अघि सारी कम्तीमा पाँच हजार युवालाई निःशर्त र निःशुल्क तालीम दिने कार्य शुरु गरिसकेको बताए ।

युरोपेली सङ्घका प्रतिनिधिमण्डल प्रतिनिधि जाँ पेट्रेटले भविष्यमा नेपालमा कफी उत्पादनका क्षेत्रमा युरोपेली सङ्घले सहयोग तथा समर्थन गर्ने बताए । कफीको विकासका लागि नेपालले धेरै काम गर्नुपर्नेमा उनको जोड थियो । इयु फण्डेड ट्रेड एण्ड प्राइभेट सेक्टर डेभलपमेन्ट प्रोजेक्टका सल्लाहकार डा बद्रीप्रसाद बस्ताकोटीले विश्वमा पानी र चियापछि मानिसले सबैभन्दा बढी पिउने पेयपदार्थ कफी रहेको बताउँदै विश्वमा एक करोड ८५ हजार मेट्रिकटन कफी खपत हुने बताए । चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले नेपालमा हाल ५१३ मेट्रिकटन कफी उत्पादन हुने गरेको र गरीब किसानको महत्वपूर्ण पेशाको रूपमा रहेको बताए ।

वि.सं.२०७६ वैशाख ३ मंगलवार ११:१५ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...