
४ बैशाख, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदूधकोसी गाउँपालिकाले आफ्नो गाउँपालिकाको क्षेत्रभित्र रहेका विद्यालयमा शिक्षक तथा विद्यार्थीलाई मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।
गाउँपालिकामा बसेको शिक्षा समितिको बैठकले शैक्षिक गुणस्तर बढाउनका लागि विद्यालय हाताभित्र पवद्यालय समयमा मोबाइल फोन प्रयोगमा बन्देज लगाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष असीम राईले जानकारी दिनुभयो ।
भर्खरै सुरु भएको नयाँ शैक्षिक सत्रबाट लागू हुने गरी भएको निर्णय कार्यान्वयनका लागि सबै विद्यालयमा पत्राचार गरिएको छ । शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका गाउँपालिका अध्यक्ष राइका अनुसार मोबाइल प्रयोगले पछिल्लो समय पठनपाठनमा प्रभाव पारेको गुनासो आएपछि यस्तो निर्णय गर्नुपरेको हो । बुधबारको गोरखापत्र दैनिक बाट ।
वि.सं.२०७६ वैशाख ४ बुधवार ०८:२६ मा प्रकाशित