back
CTIZAN AD

सेतो मत्स्येन्द्रनाथ जनबहालमै, क्षमा पूजा गरिँदै

वि.सं.२०७६ वैशाख ५ बिहीवार

990 

shares

५ वैशाख, काठमाडौ । वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथलाई बुधबार बेलुकी लगनमा विशेष पूजा गरेर सानो रथमा राखी पुजारीले मत्स्येन्द्रबहालस्थित मन्दिरमा प्रवेश गराएका छन् ।

बुधबार राति मत्स्येन्द्रबहाल जनबहाल ल्याइएको सेतो मत्स्येन्द्रनाथको आज बिहान क्षमा पूजा गरी मूर्तिलाई पुरानै स्थानमा राखेपछि यो जात्रा समाप्त हुने रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले राससलाई जानकारी दिए ।

यसअघि वैशाख ४ गते बुधबार बिहान भक्तजनले नै लगनटोलमा रथ तानेका थिए । मङ्गलबार दिनभर पूजा एवं दर्शनका लागि रथ लगनमै राखिएको थियो । त्यसै दिन बेलुकी सेतो मत्स्येन्द्रनाथलाई माता माँ सीमा को परिक्रमा गराइएको थियो ।

चैत्र शुक्ल नवमीका दिन दरबामार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु गरिएको हो । त्यस दिन रथलाई असनमा पु¥याइएको थियो । रथ असनमा पु¥याइएको राति नै राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मत्स्येन्द्रनाथको दर्शन गर्नुभएको थियो । प्राचीनकालदेखि नै सेतो मत्स्येन्द्रनाथको रथयात्रा असन पु¥याएपछि राष्ट्राध्यक्षले दर्शन गर्ने परम्परा छ ।

दोस्रो दिन रथ हनुमानढोका लगी तेस्रो दिन लगन पु¥याउने परम्परा रहिआएको छ । रथ लगन पु¥याएपछि जीवित देवी कुमारीको दर्शन गराउने परम्परा छ । सत्रौँ शताब्दीमा शुरु भएको रथयात्रा काठमाडौँ उपत्यकाको प्राचीन सभ्यता मानिन्छ । रथयात्राले धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा सहयोग पुग्ने समितिले जनाएको छ ।

सेतो मत्स्येन्द्रनाथको रथ तानेर रात्रि विश्राम गर्ने स्थलमा भक्तजनको भीड लाग्ने गर्छ । रथयात्रा गरेपछि वर्षा हुने र अनिकाल हटी सहकाल प्राप्त हुने धार्मिक विश्वास छ । यस्ता जात्राले नेपालको सभ्यता र संस्कृतिलाई भावी सन्ततिसम्म जीवित राख्ने राजधानीवासीको विश्वास छ । काठमाडौँमा सेतो मत्स्येन्द्रनाथको रथयात्रा समाप्त भएपछि मात्र ललितपुरमा रातो मत्स्येन्द्रनाथको रथयात्रा शुरु गर्ने प्राचीन परम्परा छ ।

वि.सं.२०७६ वैशाख ५ बिहीवार ०९:०९ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...