back
CTIZAN AD

ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

वि.सं.२०७६ वैशाख ५ बिहीवार

735 

shares

५ वैशाख, मुग्लिन ।  चितवनमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । भरतपुरमा बुधबार साँझ ७ बजे ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ गणेस्थानचोकमा आँपटारीबाट केन्द्रीय बसपार्कतर्फ आउँदै गरेको बा४ख ८१७६ नंको ट्रकले सडक पार गर्दै गरेको बा४६प ७८३० नंको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालक इच्छाकामना गाँउपालिका–५ बस्ने ३७ वर्षीय रेशमबहादुर गुरुङको उपचारका लागि भरतपुर अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा साइकलयात्री भरतपुर-११ गणेस्थानका श्यामकुमार श्रेष्ठ घाइते भएका छन् । ट्रकले ठक्कर दिएपछि मोटरसाइकल साइकलमा ठोक्किन पुगेको थियो । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

यसैबीच पृथ्वी राजमार्गअन्तर्गत चितवनकै इच्छाकामना-४ लेवाटारमा हाइसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार साँझ ५ बजे पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख २२४८ नंको हाइस र विपरीत दिशाबाट आइरहेको ग७प ९३९८ नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गोरखाका ३७ वर्षीय शम्भु खड्काको मृत्यु भएको हो । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार हाइससँग ठोक्किएपछि मोटरसाइकल चालक उछिट्टिएर पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख १९१२ नंको अर्को हाइसमा ठोक्किन पुगेका थिए । दुईवटै हाइस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वि.सं.२०७६ वैशाख ५ बिहीवार ०९:०१ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...