
‘विदेशमा बसेर के गर्न सकिन्छ र एउटा घडेरी पनि जोड्न सकिदैन्, त्यहि मेहनत र त्यहि लगन देशमा लगानी गर्यौ भने परिवारसँगै बसेर धेरै गर्न सकिन्छ ।’ उनी भन्छन् ।
अर्को कुरा आफू घरमा नहुँदा बालबालिका र परिवार पनि फरक भएको महशुस उनले गरेका छन् । ‘आफू हुँदा र नहुँदा धेरै फरक पर्दोरहेछ,’ उनले भने, ‘बालबच्चाको रहन सहन र संस्कृतिमा पनि फरक पर्दोरहेछ । त्यसैले आफ्नै नजरमा राखेर उनीहरूलाई देशको योग्य नागरिक बनाउने सोच राखेको छु ।’
बाग्लुङका इन्द्रलाल खनालले ओमानबाट फर्केर गार्मेन्ट व्यवसाय सञ्चालन गरेका छन् । ढोरपाटन नगरपालिका वडा नं १ रिनम बाग्लुङका खनालले ओमानबाट फर्किएको केही महिनामै चितवनमा गार्मेन्ट सञ्चालन गरेका हुन् ।
बैदेशिक रोजगारका क्रममा ओमानमा ७ र मलेसियामा २ गरी ९ वर्ष प्रवासमा बिताएर देश फर्केका खनालले विदेशमा बसेर घर परिवारको गर्जो टार्ने मात्र काम भएकोले नेपालमै बसेर केही गर्ने सोचबाट गार्मेन्ट व्यवसाय सञ्चालन गरेको बताए । ‘अर्काको देशमा कति बस्ने भनेर आउनेबित्तिकै व्यवसाय सुरु गरे’ उनले ऐक्यबद्धतालाई बताए ।

ओमानमा कमाएको पैसा लगानी गरेर चितवनको भरतपुर महानगरपालिका २ श्रीगणेश चोकमा खोलिएको उनको गार्मेन्टमा हाल ८ वटा सिलाइ मसिन छन् भने गार्मेन्टमा ९ जनालाई रोजगारी दिएका छन् । उनी आफै पनि काममा खट्ने गर्छन् ।
अरु पनि काम गर्न सकिन्थ्यो नी किन गार्मेन्ट किन नै रोज्नुभयो भन्ने ऐक्यबद्धताको प्रश्नमा उनि भन्छन्–अरु धेरै क्षेत्र छन् तर, गार्मेन्ट नै रोज्नुको मुख्यकारण केही त गर्नैपर्छ भनेर लागेको हुँ । यो क्षेत्रमा उत्पादन लागत कम परेपनि बजारमा उपभोक्ता ज्यादै ठगिएको मैले पाएको छु । त्यसैले पनि उपभोक्तालाई सस्तो मूल्यमा उपलब्ध गराउन सकिन्छ कि भन्ने सोचले हो ।’तर, यस्तो व्यवसायमा कम समयमै धेरै चुनौति थपिएको खनालले अनुभूति गरेका छन् । नयाँ व्यवसायी भनेपछि उचित मूल्यमा कच्चा पदार्थ नदिनु, कच्चा पदार्थ समयमा नपाउनु र त्यसको मूल्य समावेशी नभएको उनको गुनासो छ । उनका अनुसार विरगन्ज, विराटनगर भन्दा काठमाडौंमा कच्चा पर्दाथको मूल्य बढी छ ।

‘हरेक क्षेत्रमा उत्पादनकर्ताहरू मारमा परेका छन् । त्यो समस्या मैले पनि खेपिरहेको छु, तर आफ्नै देशमा बसेर केही गर्नुपर्छ भनेर व्यवसायमा हात हालेको हुँ चुनौतीको सामना गर्नेछु, हिम्मत हार्ने छैन ।’ उनी सुनाउँछन् ।
उनको गार्मेन्टमा पहिलो चरणमा ३ सय टिर्शट, ८ सय प्लाजु (सुरवाल) उत्पादन गरिएको छ । ‘त्यति ठूलो लगानी छैन ठूलो लगानी भएको भए उत्पादन पनि त्यहि अनुसार हुन्थ्यो । परिवारसँगै बसेर आफ्नो ठाउँमा केही गरौं भन्ने उद्देश्यले सुरु गरेको हुँ । अब बढाउँदै जान्छु । उनले भने ।’ उनले गार्मेन्टमा हाल ५ लाख लगानी गरेका छन् ।
ओमानमा रहँदा नेपाली एकता समाज ओमानको महासचिव रहेर सामाजिक काममा सक्रिय रहेका उनी आफ्नै देशमा केही गनुपर्छ भन्नेमा जोड दिन्छन् । एकल भन्दा पनि सामूहिक रुपमा लगानी गर्दा आफै मालिक र आफै कामदार हुन पनि पाइने र अरुलाई पनि रोजगार दिन सकिने उनको भनाई छ । उनका अनुसार विदेशबाट फर्केका साथीहरूले कृषि तथा अन्य उद्यममा लगानी गर्न सकिन्छ । उनी भन्छन्–‘सामुहिक रुपमा आ–आफ्नो ठाउँमा इमान्दार भएर खटिने हो भने खाडीमा भन्दा नेपालमा धेरै गर्न सकिन्छ ।’
‘विदेशमा बसेर के गर्न सकिन्छ र एउटा घडेरी पनि जोड्न सकिदैन्, त्यहि मेहनत र त्यहि लगन देशमा लगानी गर्यौ भने परिवारसँगै बसेर धेरै गर्न सकिन्छ ।’ उनी भन्छन् ।
अर्को कुरा आफू घरमा नहुँदा बालबालिका र परिवार पनि फरक भएको महशुस उनले गरेका छन् । ‘आफू हुँदा र नहुँदा धेरै फरक पर्दोरहेछ,’ उनले भने, ‘बालबच्चाको रहन सहन र संस्कृतिमा पनि फरक पर्दोरहेछ । त्यसैले आफ्नै नजरमा राखेर उनीहरूलाई देशको योग्य नागरिक बनाउने सोच राखेको छु ।’
वि.सं.२०७६ वैशाख ५ बिहीवार ०८:४८ मा प्रकाशित
























