back
CTIZAN AD

मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

585 

shares

६ वैशाख, काठमाडौँ । मानिसको मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी रहेको मनोविद्हरुले बताएका छन् ।

साइक डेस्क फाउण्डेशन, द स्कूल अफ साइकोलोजी नेपाल र इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाको संयुक्त आयोजनामा काठमाडौँमा भएको साइको थेरापी तथा साइको ड्रामासम्बन्धी प्रशिक्षणका क्रममा विज्ञहरुले यस्तो बताएका हुन् । मनोविज्ञानका विद्यार्थी, मनोविमर्शकर्ता, सामाजिक मनोविमर्शकर्ता तथा नर्सिङका विद्यार्थीलाई पहिलोपटक दिइएको उक्त प्रशिक्षणका क्रममा द स्कूल अफ साइकोलोजी नेपालका अध्यक्ष डा नरेन्द्र ठगुन्नाले मानसिक समस्याबाट प्रभावितको समस्या कम गर्न उपयुक्त विधिको मनोविमर्श सेवा जरुरी रहेको आँैल्याए ।

अधिकांश समस्या औषधिबिना नै निको हुने भन्दै डा ठगुन्नाले आफूले मनोविज्ञानका अन्तर्राष्ट्रिय प्रशिक्षक बोलाइ साइको ड्रामा, सोसियोम्याट्री र समूहगत साइको थेरापीसम्बन्धी प्रशिक्षण दिएर दक्ष जनशक्ति उत्पादन गर्न लागेको जानकारी दिए ।

यही वैशाख ३, ४ र ५ गते १८ जना सहभागीलाई साइको ड्रामाका अन्तर्राष्ट्रिय प्रशिक्षक डा हार्ब प्रोपर र इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाका निर्देशक म्याग्डेलियन जेयार्थनामले प्रशिक्षण दिएका थिए । यो कोर्सअन्तर्गत ५०० घण्टा तालीम लिएकाहरु तालीम सहजकर्ता बन्न सक्ने र ८०० घण्टा तालीम लिएपछि प्रशिक्षकका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने जनाइएको छ ।

इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाका निर्देशक म्याग्डेलियन जेयार्थनामले विश्वमा यस्ता प्रशिक्षण कार्यक्रमहरु नियमित हुँदै आएको भए पनि नेपालका लागि नयाँ भएको उल्लेख गर्दै यो विधिबाट मनोविमर्श सेवा दिँदा समस्या समाधान गर्न सहज हुने उल्लेख गरे ।

विश्वमा प्रत्येक चारमा एक जनामा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या हुन्छ । नेपालमा २० प्रतिशत मानिसलाई कुनै कुनै मानसिक समस्या रहेको जनाइएको छ । आत्महत्या गर्ने मध्यमा ९० प्रतिशत कारण मानसिक स्वास्थ्य समस्या रहने र बेलैमा मनोविमर्श सेवा दिन सके यस्ता घटनाबाट जोगाउन सकिने मनोविद्हरुको भनाइ छ ।

त्यसैले मानसिक समस्यामा परेका व्यक्तिहरुलाई मनोविमर्श सेवा जरुरी रहेकाले गुम्सेर बसेका विचार बाहिर निकाल्नका लागि उपयुक्त विधि प्रयोग गर्न तालीमको आयोजना गरिएको जनाइएको छ । सहभागीले विगतमा सिकेका मनोसामाजिक सेवाभन्दा फरक रहेको उल्लेख गर्दै तालीममा सिकेका कुराहरु व्यावहारिक रुपमा प्रयोग गर्दा प्रभावकारी हुने विश्वास रहेको उल्लेख गरेका छन् ।

वि.सं.२०७६ वैशाख ६ शुक्रवार १२:२७ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...