back
CTIZAN AD

बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

630 

shares

६ वैशाख, राँझा । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित भएका छन् ।

“हाम्रै शहरमा राष्ट्रपतिज्यूले हामीलाई सम्झना गरेर भेटघाट गरिन, यस क्षेत्रको विकास निर्माणबारे चासो देखाईन, यो हाम्रो लागि ठूलो अवसर हो,” नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले भने, “राष्ट्रपतिज्यूसँग प्रत्यक्ष रुपमा भेटघाट गरेर विकास निर्माणका सवालमा छलफल गर्न पाउँदा खुशी लाग्यो ।”

उनले राष्ट्रपतिसामु स्थानीय सरकारका कामकार्वाही र बाँके बर्दियाको विकासको सवालमा कुरा राख्न पाउँदा आफूहरु उत्साहित भएको बताए । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले नेपालगञ्ज विमानस्थलको स्तरोन्नति र सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालनका बारेमा राष्ट्रपतिसामु कुरा राख्न पाउँदा हर्षित भएको बताए ।

राष्ट्रपतिसामु आफूले प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय हुनुपर्ने, स्थानीय सरकारको अधिकार कटौती नगर्नुपर्ने लगायतका सवालमा गाउँपालिका महासङ्घका तर्फबाट कुरा राखेको बताए ।

भेटघाटमा स्थानीय सरकारका जनप्रतिनिधिले राखेका समस्या र प्रदेश सरकारका बारेमा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले राष्ट्रपतिसामु आफ्ना कुरा राखेका थिए ।

जनप्रतिनिधिको कुरा सुनेपश्चात् राष्ट्रपति भण्डारीले जनप्रतिनिधिलाई जनताको काम सहज रुपमा गर्न आग्रह गरेकी थिइन् ।

सो अवसरमा प्रदेश ५ का मुख्यमन्त्री पोखरेल, प्रदेश नं ५ का उपलब्ध सङ्घीय सांसद, प्रदेश सांसद, बाँके बर्दियाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न बिहीबार नेपालगञ्ज आएकी राष्ट्रपति भण्डारीले जनप्रतिनिधिको भेटघाटपछि साँझ नेपालगञ्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गरेकी थिइन् ।

राष्ट्रपति भण्डारी आज काठमाडौँ फर्केको राष्ट्रपति सचिवालयका उपसचिव दीपा शर्माले जानकारी दिइन् ।

वि.सं.२०७६ वैशाख ६ शुक्रवार १२:०४ मा प्रकाशित

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...