back
CTIZAN AD

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कृषि संस्थाबीच सम्झौता

वि.सं.२०७६ वैशाख ८ आइतवार

759 

shares

८ बैशाख, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र कृषि संस्थाबीच सम्झौता भएको छ ।

आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाबिच संस्थाका सदस्य विद्यार्थीहरुको लागि आइएमई जनरल इन्स्योरेन्सले नेपालमा नै पहिलोपटक जारी गरेको] IGI Student Policy (आइजीआई विद्याथी बीमालेख) मार्फत सेवा लिने दिने सम्बन्धि सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात सहकारी संस्थामा निश्चित रकम राखी खाता संचालन गर्ने सदस्य विद्यार्थीहरुलाई बीमा सेवा प्रदान गर्ने गरी यो संझौता भएको छ ।

उक्त अवसरमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफना विद्यार्थी ग्राहक महानुभावहरुको व्यक्तिगत दुर्घटना, औषधोपचार तथा मासिक शुल्क समेत साथै निज विद्यार्थीको आमा वा बुबाको हकमा दुर्घटना बीमा समेतको रक्षावरण गर्ने गरी नेपालमा नै पहिलो पटक जारी भएको बीमालेख मार्फत सेवा प्रदान गर्न इच्छुक भई संझौता गरेको भन्दै संस्थाका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिएका थिए ।

साथै सोही अवसरमा संस्था तथा संस्थासंग आवद्ध सदस्यहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा इन्स्योरेन्स मार्फत् प्राप्त गर्न सकिने हुनाले ढुक्क भएर सेवा लिन आव्हान समेत गरेका थिए ।

उक्त कार्यक्रममा सहकारीका अध्यक्ष तिमल्सिनाले आफ्नो संस्थासँग आवद्ध विद्यार्थीहरुलाई निःशुल्क यो सेवा प्रदान गर्न पाउँदा खुशी लागेको बताउदै इन्स्योरेन्सलाई धन्यवाद दिएका थिए ।

वि.सं.२०७६ वैशाख ८ आइतवार ११:१५ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । वै नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ...