back
CTIZAN AD

नयाँ प्रविधिमा आधारीत सिचाई आयोजना जोखिममा

वि.सं.२०७६ वैशाख ९ सोमवार

609 

shares

९ वैशाख, नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा निर्माणाधीन नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजना जोखिम अवस्थामा पुगेको छ । तत्कालीन डिभिजन सिँचाइ कार्यालय सेमरी नवलपरासीको कार्यान्वयनमा एक वर्षअघि शुरु भएको उक्त ठूलोटाँडी लिफ्ट नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजना निर्माणाधीन अवस्थामै जोखिममा पर्ने अवस्था देखिएको हो ।

आयोजनाअन्तर्गत निमार्ण गरिएको इनार नजिकैबाट नदी जन्य पदार्थ निकालिएपछि लिफ्ट सिँचाइ योजनालाई असर पर्नसक्ने भएकाले योजना पछि समस्या देखा पर्ने सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष पूर्ण सुवेदी बताउछन् । विनयीखोलाको किनारमा रहेको इनार पानी लिफ्ट गरी ठूलोटाँडीको करीब ५० बिघा जमीनमा सिँचाइ गर्ने लक्ष्य रहेको उक्त योजनाको पानीको स्रोत भनेको नै खोला किनारमा निर्माण गरिएका दुई वटा इनार नै हो ।

यो इनारमा औसत पानीको सतह बनाइ राख्न यस क्षत्र वरपर करीब ५०० मिटर क्षेत्रमा नदीजन्य पदार्थ निकाल्न नपाइने व्यवस्था छ । सो नियमको बेवास्ता गर्दै गाउँपालिकाले लगाएको ठेक्कामा इनार नजिकैबाट नदीजन्य पदार्थ झिकिएपछि समस्या देखिएको हो । आगामी तीन महीनामा निर्माण सम्पन्न गरिसक्ने भनिएको सो सिँचाइ आयोजनामा राज्यको एउटा अङ्गबाट करोडौँ लगानी गर्ने र स्थानीय सरकारले योजनाको संरक्षणमा ध्यान नदिँदा समस्या देखा परेको सिँचाइ समितिका अध्यक्ष पूर्ण सुवेदी बताउछन् ।

गाउँपालिकाले स्थानीयवासीको आग्रहलाई बेवास्ता गर्दै खोला ठेक्काको बन्दोबस्त गरिसकेको स्थानीयको आरोप छ तर, खोलाबाट नदीजन्य पदार्थ निकाल्न सिमाङ्कन गरेर मात्र ठेक्का लगााएकाले सिमाङ्कन मिचेर नदीजन्य सामग्री झिकेको भए प्रहरीले सो कार्य रोक्नुपर्ने गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसी बताउछन् ।

गाउँपालिकाले ठेक्का गर्दा नदीजन्य पदार्थ उत्खन् गर्ने क्षेत्र सिँचाइको इनार रहेको भूभागबाट केही पर नै तोकेको भनिए पनि इनारको वरपर मात्र होइन इनारकै छेउसम्म पुगी नदीजन्य पदार्थ निकालेको देखिन्छ । त्यसो त यसै क्षेत्रमा तोकिएको क्षेत्रभन्दा पर अन्यन्त्रितरूपमा नदीजन्य पदार्थ दोहन गर्ने कार्यसमेत भएको प्रष्टै देख्न सकिन्छ । गाउँपालिकाले ठेक्का लगाउँदा ख्याल नगर्दा सिँचाइ आयोजनामा समेत समस्या हुने सिँचाइ समितिका सचिव सुन्दर पंगेनी बताउछन् ।

इनार क्षेत्रबाट नदीजन्य पदार्थ झिकिएमा आयोजनालाई समेत समस्या हुने भएकाले तत्काल रोक्नुपर्ने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्व का प्रमुख दिनेश रेग्मी बताउछन् । करीब १५० घरधूरी रहेको यस दुम्कीबास ठूलोटाँडीका जनता यसअघि एक पटकको सिँचाइ योजना बोरिङको असफलतापछि पुनः यो लिफ्ट सिँचाइ योजनाबाट बेमौसमी तरकारी खेती गरी लाभान्वित हुने सपना लिएका छन् । तर राज्यको सत्ता सञ्चालन र व्यवस्थापन गर्ने अधिकार पाएको स्थानीय तहले राजश्व प्राप्त गर्ने नाममा करोडाँै लगानीमा निर्माणाधीन योजनाको समेत बेवास्ता गर्दा बेमौसमी तरकारीको लागि पकेटक्षेत्र बनाउने सपना बोकेका किसानको सपना अधुरै रहने देखिन्छ ।

शव फेला

पूर्वी नवलपरासीको गँैडाकोट–अमरापुरीमा रहेको गोर्खा बु्रअरी अगाडि आज एक पुरुषको शव फेला परेको छ । प्रहरीले अन्दाजी ४० वर्षका ती पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । अत्यधिक मदिरा सेवन गरेर हृदयाघात भई मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

वि.सं.२०७६ वैशाख ९ सोमवार १३:२२ मा प्रकाशित

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम...

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...