back
CTIZAN AD

भालुले मह खाइदिन थालेपछि…

वि.सं.२०७३ कात्तिक २५ बिहीवार

1.1K 

shares

२५ कात्तिक, मुगु । कात्तिके मह निकाल्ने बेला भालु आएर मह खाइदिन थालेपछि जिल्ला रारा गाविस–८स्थित मुर्मा गाउँका कृषक हैरान भएका छन् ।

मौरीका घार भालुले फोरेर मह खाइदिन थालेपछि कृषक हैरान भएका हुन् । स्थानीय मह व्यवसायी धनसिंह रोकायाका अनुसार एक सातायता जङ्गली भालुले गाउँका डबलबहादुर रोकायाका दुई घार, लोगबहादुर रोकायाका छ घार, रत्नवीर रोकायाका छ घार, लोकबहादुर रोकायाका छ घार र रणबहादुर रोकायाका एक–एक घार फोरेर मह खाई दिएको छ ।

गाउँमा प्रत्येक घरमा कम्तीमा पनि एकदुईवटा घार हुने भएकाले भालुले मह खान थाले पछि सबै गाउँले रातभरि जागै भएर भालु कुर्न थालेका छन् ।

एक घारबाट १५ मानासम्म मह निस्कने र प्रतिमाना रु ८००मा विक्री हुने गर्दछ ।
मुर्मा गाउँ रारा राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले गाउँलेले भालुलाई मार्न आँट नगरी भगाउने गरेपनि राति फेरी आएर घारै बोकेर लाने गरेको स्थानीयबासिन्दाको गुनासो छ ।

यहाँ जेठ र कात्तिक महिनामा दुई चोटी मह निकाल्ने गरिन्छ । एकै याममा कृषकले मह बिक्री गरेर न्यूनतम रु २५ हजारसम्म आम्दानी गर्ने गर्दछन् ।

पछिल्लो समयमा नेपालकै ठूलो र गहिरो ताल रारा हेर्ने आउने पर्यटक बढ्दै जान थालेका र उनीहरुले रारा तालदेखि ३० मिनेटको दूरीमा रहेको यो गाउँ मै पुगेर मह किन्न थालेपछि उनीहरु मौरीपालनमा आकर्षित भएका थिए तर भालुले घार नै बोकेर लान थालेपछि घार कसरी जोगाउने भनेर चिन्ता बढेको अर्का स्थानीयबासी वृषबहादुर रोकाया बताउनुहुन्छ । रासस

वि.सं.२०७३ कात्तिक २५ बिहीवार ०९:३६ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...