back
CTIZAN AD

गाउँमै पुगेर गर्भवतीको भिडियो एक्स–रे

वि.सं.२०७६ वैशाख १२ बिहीवार

909 

shares

१२ वैशाख, हुम्ला : स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउने पहुँच नपुगेका महिलाको सहजताका लागि सिमकोट गाउँपालिकाको आयोजनामा जिल्ला अस्पतालका डा टसी लामाको टोलीसहित सवास्थ्यकर्मी गाउँमा पुगेका छन् ।

आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि जिल्लामा स्वास्थ्य संस्थामा गएर नियमित गर्भ परीक्षण गराउने महिलाको सङ्ख्यामा वृद्धि भए पनि अस्पतालमा गर्भ जाँच गराउन पहुँच नपुगेका महिलाको गर्भ जाँच भिडियो एक्स–रे मार्फत गर्न गाउँमा पुगेको डा लामाले जानकारी दिए ।

जिल्ला अस्पतालसम्म गर्भ जाँच गर्ने पहुँच नपुगेका १६ महिलाको गर्भ जाँच गरिएको डाक्टर लामाले जानकारी दिएका थिए । गर्भ जाँच गरिएका एक महिलाको गर्भमा समस्या देखिएको र बाँकी १५ को गर्भ सबै राम्रो देखिएको लामाले जानकारी दिए ।

सिमकोट गाउँपालिकाभित्रका आठवटै वडामा रहेका महिलाको घरमा नै पुगेर भिडियो एक्स–रे र गर्भ जाँच गरिने कार्यक्रम रहेको गाउँपालिका स्वास्थ्य शाखाका महिला स्वास्थ्यकर्मी निरुता खड्काले जानकारी दिए ।

पहिले पहिले गर्भ बसेपछि डर र लाज मानेर घरदेखि बाहिर ननिस्कने दुर्गम हुम्लाका महिला अहिले भने खुलैरै स्वास्थ्य संस्थासम्म पुग्ने गरेको डाक्टर लामाले बताए । गर्भ रहेदेखि नै परिवार र आफन्तको साथमा गर्भ परीक्षण गराउन जाने गरेको पाइएको उनको भनाइ थियो ।

हिमाली जिल्लाका महिलाका लागि सरकारले स्वास्थ्य संस्थामा गएर चार पटक गर्भ परीक्षण गराए बापत रु आठ सय र स्वास्थ्य संस्थामा नै सुत्केरी हुनेले खर्च बापत थप रु तीन हजार पाउने गरेको डा लामाले जानकारी दिए ।

स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्क सुत्केरी सेवा प्रदान गरिँदै आएको पनि उनले बताए । यसबाट महिलालाई स्वास्थ्य संस्थामा नै गएर गर्भ परीक्षण गर्न उत्साह मिलेको छ ।

वि.सं.२०७६ वैशाख १२ बिहीवार ०८:३५ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...