back
CTIZAN AD

नोटिङघमा एभरेष्ट क्रिकेट लिग हुँदै, नेपाली कलाकारहरु पनि सहभागी हुने

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

624 

shares

कमलप्रसाद खरेल । बेलायतमा स्थाई बसोबास गर्दै आएका मिडलैंडका युवाहरुले येही मे ६ मा नोटिङघाम युकेमा एभेरेस्ट क्रिकेट लीगको आयोजना गर्ने भएका छन्।

सृजनशील समाज लेस्टर र नोटिनघाम नेपाली समाजको आयोजनामा गरिन लागिएको कार्यक्रमलाई भव्य र सव्य बनाइने तयारी गरिएको छ ।गतसालबाट शुरु गरिएको उक्त लिगमालाई निकै भब्य र आकर्षणको रुपमा आयोजना गरिने नोटिङघाम नेपाली समाजका उपाध्यक्ष तथा आयोजक टिमका क्याप्टेन दिपक सापकोटाले बताए ।

गत साल लेस्टर र नोटिङघामले मात्र प्रतिस्पर्धा गरेका थिए भने यो साल बढेर पाँच टिम सहभागी हुने र यसरी थपिने टिममा पिटरबोरो र ग्रन्थम शान्ती नेपाली समाज बर्मिनघम र गोर्खा लायन्स डर्बि रहेको गुर्खा टाइगर स्पोर्ट क्लबका क्याप्टेन केशव खत्रीले जानकारी दिए ।
सो लिगको उद्घाटन समारोहमा नेपालबाट विभिन्न कलाकारहरुलाई समेत निमन्त्रणा गरिएको छ । कलाकारहरु लोकगायिका प्रिती आले, मोडेल दिपसा बि.सी र कृष्ण काफ्लेको सहभागिता रहने आयोजकले बताएको छ ।

लिगको उद्घाटन नेपाली राजदूत दुर्गाबहादुर सुबेदीले गर्नेछन् । कार्यक्रममा युकेमा रहेका विभिन्न सस्थाको सहभागीता रहने आयोजक प्रमुख सापकोटाले बताए ।अहिले सम्मकै पृथक र युकेमा छरिएर बसेका विभिन्न संघ संस्थालाइ पनि एक्यबद्ध रुपमा लैजान यो लिगले उत्प्रेरित गर्ने कुरा प्रमुख सापकोटाले बताए ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार १४:४२ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...