back

नोटिङघमा एभरेष्ट क्रिकेट लिग हुँदै, नेपाली कलाकारहरु पनि सहभागी हुने

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

39 

shares

कमलप्रसाद खरेल । बेलायतमा स्थाई बसोबास गर्दै आएका मिडलैंडका युवाहरुले येही मे ६ मा नोटिङघाम युकेमा एभेरेस्ट क्रिकेट लीगको आयोजना गर्ने भएका छन्।

सृजनशील समाज लेस्टर र नोटिनघाम नेपाली समाजको आयोजनामा गरिन लागिएको कार्यक्रमलाई भव्य र सव्य बनाइने तयारी गरिएको छ ।गतसालबाट शुरु गरिएको उक्त लिगमालाई निकै भब्य र आकर्षणको रुपमा आयोजना गरिने नोटिङघाम नेपाली समाजका उपाध्यक्ष तथा आयोजक टिमका क्याप्टेन दिपक सापकोटाले बताए ।

गत साल लेस्टर र नोटिङघामले मात्र प्रतिस्पर्धा गरेका थिए भने यो साल बढेर पाँच टिम सहभागी हुने र यसरी थपिने टिममा पिटरबोरो र ग्रन्थम शान्ती नेपाली समाज बर्मिनघम र गोर्खा लायन्स डर्बि रहेको गुर्खा टाइगर स्पोर्ट क्लबका क्याप्टेन केशव खत्रीले जानकारी दिए ।
सो लिगको उद्घाटन समारोहमा नेपालबाट विभिन्न कलाकारहरुलाई समेत निमन्त्रणा गरिएको छ । कलाकारहरु लोकगायिका प्रिती आले, मोडेल दिपसा बि.सी र कृष्ण काफ्लेको सहभागिता रहने आयोजकले बताएको छ ।

लिगको उद्घाटन नेपाली राजदूत दुर्गाबहादुर सुबेदीले गर्नेछन् । कार्यक्रममा युकेमा रहेका विभिन्न सस्थाको सहभागीता रहने आयोजक प्रमुख सापकोटाले बताए ।अहिले सम्मकै पृथक र युकेमा छरिएर बसेका विभिन्न संघ संस्थालाइ पनि एक्यबद्ध रुपमा लैजान यो लिगले उत्प्रेरित गर्ने कुरा प्रमुख सापकोटाले बताए ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार १४:४२ मा प्रकाशित

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

काठमाडौं । अमेरिकाको नर्थक्यारोलिना राज्यमा नेपालीहरुको चाड दशै र तिहारमा...

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिवना) को...