back

आ-आफ्नो टाउकोमा आगो सल्काउन नेता हिमाल शर्माको अपिल

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

42 

shares

१३ बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा केन्द्रीय सदस्य हिमाल शर्माले आ–आफ्नो टाउकोमा आगो सल्काउन अपिल गरेका छन् ।

सामाजिक संजाल फेबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेकपामा पुर्व एमाले र पूर्व माओवादी नरहेको तथा गुट–उपगुट खरानी पार्न सबैले आ–आफ्नो टाउकोमा आगो सल्काउन अनुरोध गरेका छन् ।

शर्माले काठमाडौं जस्तो महत्वपूर्ण जिल्लामा सचिवको भूमिका सिर्जनातात्मक प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

उनले भनेका छन्–
१-पार्टीले सुम्पेको जिम्मेवारीलाई आत्मासात गर्दे वाकी रहेको एकता प्रकृयालाई अन्तिम टुंगोमा पुर्याउनु एक कम्युनिष्ट सदस्यको कर्तव्य बन्न पुगेको छ !

२-मेरो आफ्नो हकमा नेकपा केन्द्रीय सदस्य सहित काठमाडौ जस्तो महत्वपूर्ण जिल्लामा सचिवको जिम्मेवारीलाई मैले सृजनात्मक बनाउन कोशिस गर्ने छु !

३- परिवर्तनको लागि पार्टीको आदेशमा मर्न जा भन्दा स्विकारियो ! पार्टीको निर्णय प्रधान हो, ब्यक्तिको चाहाना गौण भन्दै गत निर्वाचनको लागि उमेदवारको विषयमा मन खुम्चाइएन ! जहिलै पार्टी निर्णय मुख्य ठानेर आफ्नो विषय सहायक संझेको छु । यसपाली पनि यसै गरी बुझेको छु ।

४-पार्टीलाई पद्दतीमा चलाउन र कार्यकर्ताको क्षमता र भावना बमोजीम जिम्मेवारी सुम्पिने कुरा माथिल्लो नेत्तृत्वले बुझ्न जरुरी छ ।

५-अव काठमाडौ जिल्लामा पुर्व पार्टी (एमाले) (माओवादी केन्द्र ) भन्ने रहेन । सिंगो नेकपा वनेको छ । पूर्व पार्टीभित्रका गुट उपगुटको मानसिकतामा छ भने हामी सबैले आ-आफ्नो टाउकोमा आगो सल्काऔ ! अनि बल्ल नेकपा बलियो हुन्छ । गुट जतिसुकै वलसाली बनाए पनि पार्टी छैन भने हामी कोहि पनि रहदैनौ ।

५-नेकपाले एउटा नयॉ उद्देश्य र मिसन बोकेर नयॉ युगमा प्रवेश गरेकोले पुरानो विकृत संकृतिलाई त्यागौ । सवल पक्षलाई अगालौ ।

६- विचार, राजनीति र कार्यदिशालाई पनि नयॉ ढंगले विकास गर्नु परेको छ । त्यै बमोजीमको संगठन निर्माणको आधार बनाउनु पर्दछ भन्ने कुरा नभुलौ ।

७- रुपान्तरणको लागी यहॉहरुले गर्ने आलोचना एवं सुझावलाई मैले सदैव कदर गर्ने छु ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार १६:०३ मा प्रकाशित

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

युएई (दुबइ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप...

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने...

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...