back
CTIZAN AD

आ-आफ्नो टाउकोमा आगो सल्काउन नेता हिमाल शर्माको अपिल

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

702 

shares

१३ बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा केन्द्रीय सदस्य हिमाल शर्माले आ–आफ्नो टाउकोमा आगो सल्काउन अपिल गरेका छन् ।

सामाजिक संजाल फेबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेकपामा पुर्व एमाले र पूर्व माओवादी नरहेको तथा गुट–उपगुट खरानी पार्न सबैले आ–आफ्नो टाउकोमा आगो सल्काउन अनुरोध गरेका छन् ।

शर्माले काठमाडौं जस्तो महत्वपूर्ण जिल्लामा सचिवको भूमिका सिर्जनातात्मक प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

उनले भनेका छन्–
१-पार्टीले सुम्पेको जिम्मेवारीलाई आत्मासात गर्दे वाकी रहेको एकता प्रकृयालाई अन्तिम टुंगोमा पुर्याउनु एक कम्युनिष्ट सदस्यको कर्तव्य बन्न पुगेको छ !

२-मेरो आफ्नो हकमा नेकपा केन्द्रीय सदस्य सहित काठमाडौ जस्तो महत्वपूर्ण जिल्लामा सचिवको जिम्मेवारीलाई मैले सृजनात्मक बनाउन कोशिस गर्ने छु !

३- परिवर्तनको लागि पार्टीको आदेशमा मर्न जा भन्दा स्विकारियो ! पार्टीको निर्णय प्रधान हो, ब्यक्तिको चाहाना गौण भन्दै गत निर्वाचनको लागि उमेदवारको विषयमा मन खुम्चाइएन ! जहिलै पार्टी निर्णय मुख्य ठानेर आफ्नो विषय सहायक संझेको छु । यसपाली पनि यसै गरी बुझेको छु ।

४-पार्टीलाई पद्दतीमा चलाउन र कार्यकर्ताको क्षमता र भावना बमोजीम जिम्मेवारी सुम्पिने कुरा माथिल्लो नेत्तृत्वले बुझ्न जरुरी छ ।

५-अव काठमाडौ जिल्लामा पुर्व पार्टी (एमाले) (माओवादी केन्द्र ) भन्ने रहेन । सिंगो नेकपा वनेको छ । पूर्व पार्टीभित्रका गुट उपगुटको मानसिकतामा छ भने हामी सबैले आ-आफ्नो टाउकोमा आगो सल्काऔ ! अनि बल्ल नेकपा बलियो हुन्छ । गुट जतिसुकै वलसाली बनाए पनि पार्टी छैन भने हामी कोहि पनि रहदैनौ ।

५-नेकपाले एउटा नयॉ उद्देश्य र मिसन बोकेर नयॉ युगमा प्रवेश गरेकोले पुरानो विकृत संकृतिलाई त्यागौ । सवल पक्षलाई अगालौ ।

६- विचार, राजनीति र कार्यदिशालाई पनि नयॉ ढंगले विकास गर्नु परेको छ । त्यै बमोजीमको संगठन निर्माणको आधार बनाउनु पर्दछ भन्ने कुरा नभुलौ ।

७- रुपान्तरणको लागी यहॉहरुले गर्ने आलोचना एवं सुझावलाई मैले सदैव कदर गर्ने छु ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार १६:०३ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...