back
CTIZAN AD

लुम्बिनी कपिलवस्तु प्रर्बद्धन विश्व अभियानमा शाक्य

वि.सं.२०७६ वैशाख १५ आइतवार

786 

shares

१५ वैशाख, काठमाडौँ । लुम्बिनी कपिलवस्तु विश्व अभियान अन्तर्गतको नेपाल च्याप्टर ‘लुम्बिनी कपिलवस्तु प्रबद्र्धन विश्व अभियान नेपाल’ को अध्यक्ष पदको जिम्मेवारी केदार शाक्य चयन गरिएका छन् । अभियानको शनिबार बसेको बैठकमा शाक्यले अध्यक्ष पदको जिम्मेवारी ग्रहण गरेका हुन् ।

अध्यक्ष डा हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले उपाध्यक्षमा निलकण्ठ तिवारी, महसचिवमा चन्द्रमान शाक्य, सचिवमा निलेश अधिकारी, कोषाध्यक्षमा धर्मबहादुर शाक्य र सदस्यमा चन्दा थापा र सुरेन्द्र गुरुङलाई चयन गरेको छ ।

त्यसैगरी अभियानको सल्लाहकार समितिमा वेखारत्न शाक्य, डा कुशुम शाक्य, लोककृष्ण भट्टराई, गुह्यरत्न शाक्य, मीना शर्मा, डा हरिकुमार श्रेष्ठ, श्रीकुमार श्रेष्ठलाई चयन ग¥यो ।

बैठकले लुम्बिनी भ्रमण वर्षलाई सहयोग पु¥याउने निर्णय गर्दै ‘लुम्बिनी भ्रमण वर्ष २०७६ सफल पार्न सहयोग गरौँ’ भन्ने नारा उल्लेख गर्दै स्टिकर प्रकाशित गर्ने र ती स्टिकरहरु सवारी साधनहरुमार्फत प्रचार प्रसार गर्ने निर्णय गरेको छ ।

त्यस्तै अन्य विभिन्न प्रस्तावहरुउपर छलफल गर्दै अभियानलाई सक्रिय बनाउन सदस्यता बिस्तार गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने निर्णय पनि बैठकमा गरिएको थियो ।

भारतले नक्कली कपिलवस्तु निर्माण गरी अन्तर्राष्ट्रिय रुपमा भ्रम फैलाउन लागेको भन्दै विभिन्न देशमा रहेका सचेत नेपालीहरुले सन् २००९ डिसेम्बर १ मा विश्व अभियान गठन गरेका हुन् । अभियानले उक्त अभियानले २२ देशमा च्याप्टर गठन गरेको छ ।

लुम्बिनी कपिलवस्तु प्रर्बद्धन विश्व अभियान नेपाल, लुम्बिनी कपिलवस्तु विश्व अभियान अन्तर्गतको नेपाल च्याप्टर हो । विश्व अभियानले बुद्धको जन्मस्थान भारत हो भनि विभिन्न देशका पाठ्यक्रम र सर्च इन्जिनहरुले देखाउने भ्रमलाई सच्याएर बुद्धको जन्मस्थान नेपाल हो भन्ने स्थापित गरेको छ । च्याप्टरहरुले बुद्धको देश नेपालका रुपमा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसारात्मक विभिन्न कार्यक्रम गर्ने गर्छन् । नेपाललाई अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्नसक्ने व्यक्तिहरुलाई अभियानले दूतको रुपमा नियुक्त गर्ने गरेको छ ।

विश्व अभियानको संयोजकमा अष्ट्रेलियामा कार्यरत रामकुमार श्रेष्ठ रहेका छन् ।

 

वि.सं.२०७६ वैशाख १५ आइतवार १४:१७ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...