
१५ बैशाख, काठमाडौं । आर्थिक रुपमा संकटग्रस्त अवस्थामा बन्द भएको भारतीय एयरलाईन्स जेट एयरमा कार्यरत एक कर्मचारीले आत्महत्या गरेका छन् ।
जेट एयरलाईन्सका वरिष्ठ कर्मचारी ५३ वर्षीय शैलेष कुमारले आफ्नै घरको चारतलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुईवर्ष देखि क्यान्सर रोगबाट पीडित उनले मार्च महिनाको तलब पाएका थिएनन् । उनका छोरा पनि सोहि एयरलाईन्सका कर्मचारी थिए । उनले पनि तलब पाएका थिएनन् ।
मार्च महिनादेखि उपचारका लागि अस्पतालमा भर्ना भएका शैलेषलाई शुक्रबार घर ल्याइएको थियो । उनले सोहि दिन आत्महत्या गरेका हुन् । यतिबेला जेट एयरवेजमा कार्यरत हजारौं कर्मचारीहश्र तलब नपाएका कारण पीडामा रहेपनि आत्महत्या गरेको पहिलो केश हो ।ऐेजेन्सी
वि.सं.२०७६ वैशाख १५ आइतवार १४:०८ मा प्रकाशित






























