१६ वैशाख, काठमाडौँ । आइतबारको सेयर बजारमा कुल २३ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । ति मध्य ७ कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । बाँकी १३ वटा कम्पनीले ९ प्रतिशत कमाएका छन् ।
आइतबार अधिकांश बीमा र लघुवित्त संस्थाका लगानीकर्ताले बढी कमाएका छन् । सो दिन एशियन लाइफ इन्स्योरेन्स कम्पनी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स वित्तीय संस्था, विजया लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनीको साधारण र संस्थापक र आरएमडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् ।
१७६ कम्पनीको कारोबार भएको सो दिनको बजारमा १३२ कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ । भने बाँकी ४४ कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । सबैभन्दा बढी सनराइज बैंकको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।
वि.सं.२०७६ वैशाख १६ सोमवार १५:१५ मा प्रकाशित