
तपाईलाई सुनेर अच्चम्म पनि लाग्ला अनि चुनावमा मलाई नोक्सान पनि हुन सक्छ । ममता दिदी, आज पनि वर्ष वर्षमा एक दुई कुर्ता आफै रोजिदिन्छीन् मेरा लागि । मलाई एक दुई जोर कुर्ता पठाउँछीन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना मिठाई पठाउँछिन् । म त्यहाँ जाँदा बंगाली मिठाइको चर्चा चल्यो । आज पनि उनी वर्षमा ३–४ पटक कुनै न कुनै बंगाली मिठाइ पाउँदा स्पेशल ढाकाबाट पठाउँछिन् । यो ममता दिदीले थाहा पाएपछि उनी पनि वर्षमा कुनै न कुनै एक दुई बंगाली मिठाई पठाइदिन्छीन् ।
नेपालका प्रधानमन्त्री केपी ओली उखान टुक्का सुनाउँछन् । मानिस हसाउँछन् । मानिसहरु हप्तौ अनि महिनौ उनलाई उखान टुक्केको उपनाममा पुकारिरहन्छन् । तर, उखान टुक्का नेपालका प्रधानमन्त्री मात्र सुनाउँदा रहेनछन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सुनाउँदा रहेछन् । उनले संसदमा कहिलेकाँही जुनियरहरुको मनोबल उच्च पार्नका लागि तथा प्रधामन्त्री भन्ने पद कुनै अलग होइन भन्ने बातावरण बनाउनका लागि उनी पनि उखान टुक्का (चुट्किला) सुनाउँने गरेको बताउँछन् ।
प्रधानमन्त्री बन्ने सपना सोच्नु भएको थियो ? कुन उमेरमा यस्तो विचार आयो ?
कहिल्यै पनि यस्तो सोच आएन । सामान्य मानिसको विचार बाहिर आउन सक्तैन् । मेरो पारिवारिक परिवेश पनि त्यस्तो थिएन । मलाई एक राम्रो जागिर मिलेको भए पनि मेरी आमा गाउँभरी गुण (मिठाई) बाडेकी हुन्थिन कि मलाई राम्रो नोकरी मिलेको भन्ने सुनाउँदै । किनकि हामी त्यो भन्दा बढी र गाउँभन्दा बाहिर गएर सोचेकै हुन्थेनौं । मेरो परिवेश र मेरो दुनियामा यस्तो छदै थिएन । मलाई पनि अचम्मै लाग्छ कि, देश मलाई किन यतिधेरै माया गर्छ ?
तपाई सन्यासी पनि बन्न चाहानुहुन्थ्यो भन्ने सुनिन्छ नि ?
बाल्यकालमा मेरो स्वभाव किताब पढ्ने थियो । त्यसका लागि लाइब्रेरी जान्थे । त्यहाँ गएर चर्चित व्यक्तित्वको जीवनी पढ्न मन पथ्र्यो । कहिलेकाँही युनिफर्ममा निस्किएका फौज देख्दा बाटोमै उभिएर बच्चाले जसरी सलाम गर्थे । हाम्रो गाउँबाट केही पर रेल्वे स्टेशन छ । त्यहाँबाट जो फौजका मानिसहरु जान्थे । त्यहाँका मानिसहरुले उनीहरुको सत्कार गर्थे । म पनि त्यहाँ जान्थे । मलाई पनि रमाइलो लाग्थ्यो । त्यतिबेला लाग्थ्यो, यो देशको लागि बाँच्ने र मर्ने बाटो हो । कहिलेकाँही त्यतातिर सोच्थे । त्यतिबेला मैले कतै पढे, गुजरातमा कतै सैनिक स्कुल छ । त्यसमा तपाई भर्ना हुन सक्नुहुन्छ । त्यतिबेला १ या २ रुपैयाँ तिरेर त्यसको सबै जानकारी मगाउँथे । मलाई अंग्रेजी आउथेन । मेरो छिमेकमा स्कुलका प्रिन्सीपल थिए । म उनको घर जान्थे । मलाई कहिले पनि ठूला व्यक्तिलाई भेट्न कुनै शंकोच हुदैनथ्यो । मनभित्र केही थियो । त्यसैले पनि म रामकृष्ण मिसनमा गए । त्यहाँ एक स्वामी थिए । उनको हालै सय वर्षको उमेरमा मृत्यु भयो । म प्रधानमन्त्री भएपछि उनलाई बोलाए । धेरैपटक उनको घरमा पनि गएको थिए । उनी मलाई धेरै माया गर्थे । जीवनको बारेमा धेरै कुरा बताउँथे । यस्तो १८– २२ वर्षको उमेरमा यी सबै नयाँ कुरा धेरै भए । तर, केही कन्फ्युज थियो । केही सोच सपना पनि थियो । कतैबाट सल्लाह सुझाव पनि मिलेको थिएन । तर, मनमा धेरै प्रश्न उठ्ने र जवाफ आफै खोज्ने पनि गर्दथे । यसरी नै भड्किदा भड्किदा यहाँ आइपुगे ।
कुरा सुन्दा त यस्तो लाग्छ, प्रधानमन्त्री नबनेको भए तपाईं सन्यासी बन्नु हुन्थ्यो ?
म के बन्थे भन्न अहिले कठिन लागिरहेको छ । जे सोचेको थिएन त्यो बने ।
तपाईलाई रिस उठ्छ ? यदि उठ्छ भने कस्तो अवस्थामा उठ्छ ? अनि रिस कसरी शान्त गर्नुहुन्छ ?
कहिलेकाँही मलाई रिस उठ्दैन भन्दा धेरै मानिसहरु अचम्म पर्छन् । त्यसैले खुसी, बेखुसी रिस मान्छेको स्वभावको हिस्सा हो । जिन्दगी त्यो बिना हुँदैन् । तर, मेरो १८–२२ वर्षको उमेरका बेला जो, मेरो ट्रेनिङका बेला यस्ता कुरा आउँथे । तपाईको जीवनमा ईश्वरले सबै दिएका छन् । अब तपाईले तय गर्ने हो की जुन राम्रा चिजहरु छन् त्यसलाई कसरी अझ अगाडि बढाउने भन्ने ! म लामो समयसम्म मुख्यमन्त्री भए । यति समयसम्म प्रधानमन्त्री भए । तर, मलाई कहिले पनि रिस व्यक्त गर्ने मौका नै मिलेन । म स्ट्रिक छु तर म कसैलाई तल बनाएर,अपमानित गरेर काम गर्दिन् । म उसलाई प्रेरित गर्छु । कहिलेकाँही कुनै अवस्थामा म आफैं हेल्पिङ हेण्डस्का रुपमा उभिन्छु । कहिलेकाँही भित्र रिस उठेपनि बाहिर व्यक्त हुनबाट रोक्छु । कुनै मिटिङमा केही ऐजेण्डामा रिसाए भने मिटिङमा सहभागीको मनमा २–३ मिनेट त्यहि कुरा घुमिरहन्छ । त्यसले धेरै बेफाइदा हुन्छ । कहिलेकाँही रिस उठ्दा एक्लै एक कागज लिएर बस्थे । रिस उठ्नुको कारण र रिसले घटाएको घटना लेख्थे । कसरी भयो ? के भयो ? मैले के गरे ? किन गरे ? त्यसमा जष्टिफाई गर्ने कोशिष गर्थिन । फेरि त्यसलाई मैले च्यातेर फ्याकिदिन्थे । दोहो¥याएर पढ्न पनि मन लाग्थेन । फेरि पनि मन शान्त हुन्थेन । अनि फेरि दोहोर्याएर लेख्थे । १ देखि ५ पेज भन्दा बढी लेखेर फेरि घटनालाई जिवन्त बनाउँथे । यसले जुन आवेग मेरो मनभित्र थियो । त्यो सबै बाहिर आएर कागजमा जल्थ्यो । त्यतिबेला म गलत थिए भन्ने निचोडमा पनि पुग्थे । अहिले त त्यसका लागि समय नै हुँदैन् । मैले आफूलाई यसरी नै प्रशिक्षित गरेको थिए ।
यति ठूलो घरमा रहनु भएको छ, तपाईलाई लाग्दैन, तपाईको आमा सहित तपाइका सबै आफन्त यहि घरमा बसुन् ?
यदि म पिएम बनेर घरबाट निक्लेको हुन्थे भने, त्यतिबेला मेरो मन भन्थ्यो सबै सँगै रहुँ । जिन्दगीको छोटो आयुमा मैले सबैलाई छोडिसकेको छु । जतिबेला घर छोडेर निस्केको थिए, त्यहि अनुसार जीवनमा प्रशिक्षित भए । त्यसैले पनि त्यस्तो लाग्दैन । अ, मैले आमालाई केही समयको लागि यहाँ ल्याएको थिए । आमाले भन्नु भयो–मेरो पछि लागेर समय किन खेर फाल्छस्, म तिमीसँग यहाँ बसेर के गर्न सक्छु, म फर्किन्छु गाउँ । जहाँ सबै सँग कुराकानी हुन्छ । तिम्रो घरमा के कुरा गरुँ ?’ हो, स्वभाविक हो । फेरि म पनि व्यस्त रहेँ । जति दिन आमा यहाँ बस्नु भयो, म मेरो सेड्युलमै लाग्थे । कहिलेकाँही सँगै बसेर खाना खान्थे । कहिले रातको १२ बजे घरमा आउँदा पीडा हुन्थ्यो । आमालाई दुःख दिए की भनेर ।
तपाईलाई निकै कडा स्वभावका मान्छन् नि तपाईसँग कामगर्नेहरु भन्छन् धेरै काम गराउँछन् भन्छन् नि ?
मेरो छविका बारेमा जसले यस्तो भन्छन् त्यो सहि होइन । अनि कोही यो भन्छन्, म उनीहरुलाई काम लगाउँछु भन्ने सायद उनीहरु सहि रुपमा विश्लेषण गर्दैनन् । यदि उनीहरु भन्छन्, काम धेरै गर्नपर्छ भनेर यसमा सत्यता छ । तर, म कसैलाई दवावमा पार्दिन । म आफै बिहान देखि बेलुका सम्म काम गर्छु भने उनीहरु पनि सोच्छन् यसले हामीलाई मजदुरी गराएको छैन कि, उ आँफै काम गरेको छ । केही काम पर्यो भने म रातको ११ बजे पनि फोन गरेर सोध्छु–त्यो काम के भयो भनेर, उनीहरुलाई पनि लाग्छ कि उँ, यति रातिसम्म पनि काम गरिरहेको छ भन्ने । यसले एकप्रकारको टिम स्प्रिट पनि बढ्छ । एउटा नयाँ संस्कारको विकास हुन्छ । अनुशासन थोपरेर केही हुँदैन नत मानिसहरुसँग एकछिन झुट बोलेर लामो समयसम्म उसलाई आफ्नो पक्षमा पार्न पनि सक्नहुुन्न । मैले जिन्दगीको समय मानव विकासमै खर्चिएको हुँ । त्यसैले जस्तो हुनुहुन्छ त्यस्तै रहेर काम गर्नुहोस् । म कामको समयमा काममै रहन्छु । त्यसैले यता उताको कुरामा समय खराब गर्दिन । अर्को कुरा म मिटिङमा छु, यदि कोही मोबाइलमा ध्यान दिएको छ भने उसलाई सोध्छु–भन्नुहोस्, मैले जे कुरा भनिरहेको थिए त्यो के भयो ?’ उनको ध्यान हुँदैन्, उनी भन्छन्–सर म मोबाइल चलाइरहेको थिए । त्यसपछिका मिटिङमा उनीहरु फोन बोकेर आउँदैनन् । म जोसँग पनि भेट्छु, भेटका क्रममा जो पनि होउन, त्यो बिचमा मेरो फोन आउँदैन । यो अनुशासन मैले आफ्नै जीवनमा लागू गरेको छु । तर, अहिलेको अवस्था अर्कै छ । हरेक चिजको अलग अर्थ निकालिन्छ । डर लाग्छ कहि कतै गएर हाँसो मजाक, गर्दा त्यसको दुरुपयोग हुन्छकि भन्ने ।
साथीभाईसँग त रमाइलो गर्नुहुन्छ होला नि ?
हो, त्यो त अहिले पनि हुन्छ । मेरो क्याबिनेट मिटिङ जहाँ जुनियर अफिसर पनि हुन्छन् । उनीहरुको मनमा संकोच हुन्छ । उनीहरु सोच्छन्, पिएम एकदम अलग हुन् । मैले उनीहरुको बिचमा त्यस्तो अलग राखेको छैन । साथीको नजरले हेर्छु । उनीहरुलाई कहिलेकाँही चुट्किाला पनि सुनाउँछु ।
बिपक्षी पार्टीमा पनि तपाईका साथी छन् कि ?
धेरै साथी छन् । हामी वर्षमा एक–दुई पटक सँगै खाना पनि खान्छौं । धेरै पहिलेको कुरा हो । जतिबेला म मुख्यमन्त्री पनि थिइन । कुनै कामले म संसदमा गएको थिए । गुलामनबि आजाद र म केही कुरामा गफ गरिरहेका थियौं । त्यसपछि हामी बाहिर निस्कदा मिडियाहरुले सोधे, गुलामनबिसँग तपाइको दोस्ती कसरी भयो ? त्यतिबेला गुलामनबिले राम्रो जवाफ दिए–तपाईंहरु बाहिर जे सोच्नुहुन्छ त्यस्तो भित्र छैन । सबै दलका हामीहरु एक परिवारको रुपमा जोडिएका छौं । त्यो बाहिर कसैले कल्पना पनि गर्न सक्तैनन् । तपाईलाई सुनेर अच्चम्म पनि लाग्ला अनि चुनावमा मलाई नोक्सान पनि हुन सक्छ । ममता दिदी, आज पनि वर्ष वर्षमा एक दुई कुर्ता आफै रोजिदिन्छीन् मेरा लागि । मलाई एक दुई जोर कुर्ता पठाउँछीन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना मिठाई पठाउँछिन् । म त्यहाँ जाँदा बंगाली मिठाइको चर्चा चल्यो । आज पनि उनी वर्षमा ३–४ पटक कुनै न कुनै बंगाली मिठाइ पाउँदा स्पेशल ढाकाबाट पठाउँछिन् । यो ममता दिदीले थाहा पाएपछि उनी पनि वर्षमा कुनै न कुनै एक दुई बंगाली मिठाई पठाइदिन्छीन् ।
मैले सुनेको तपाई गुजरातको मुख्मन्त्री बनेपछि प्रधानमन्त्री बन्नु भएको थियो, त्यतिबेला तपाईको बैंकमा जम्मा पुँजी २१ लाख थियो । त्यो पैसा तपाईले तपाइको स्टाफका बालबालिकाका नाममा दिनुभयो भन्ने छनि ?
मेरो कुनै बैंक एकाउन्ट थिएन । जब म सांसद भए, त्यतिबेला देखि मेरो तलब आउन सुरु भएको थियो । त्यो भन्दा पहिले बैंक अकाउन्ट थिएन । पहिले गाउँमा अकाउन्ट थियो । मेरो गाउँमा एक बैकको ब्रान्च खुल्यो । स्कुलमा बैंकका कर्मचारीहरु आएका थिए । उनीहरुले सबै बच्चाको लागि एक–एक गुडलक (माटोको भुड्की) दिएका थिए । उनीहरुले भनेका थिए–यसमा पैसा खसालेर हरेक महिना बैंकमा जम्मा गराउनुहोस् । मैले पनि त्यस्तै गर्न अकाउन्ट खोलेको थिए । तर, मेरो गुडलकमा त केही आएन । पैसा आउने बाटो पनि केही थिएन त कसरी आवोस् ? मैले कहिल्यै पनि पैसा जम्मा गराइन । जब गाउँ छोडेर गए । तर, बैंकमा मेरो एकाउन्ट रहिरह्यो । उनीहरुलाई हरेक वर्ष त्यो खाताको अपडेट गर्नुपर्दथ्यो । उनीहरु मलाई खोज्थे यहि भन्दै–यसको बैंक अकाउन्ट बन्द गर्न छ उसलाई कहाँबाट बोलाउने ? ३०–३२ वर्ष सम्म त्यो खाता रहिरह्यो । पछि बैंकवालाहरुलाई थाहा भयो कि, म राजनीतिमा लागेको छु । बैंकका मान्छे म समक्ष आएर भने, ‘तपाई एउटा साइन गरिदिनुस्, तपाइको बाल्यकालदेखि एक बैंक एकाउन्ट त्यत्तिकै रहेको छ । त्यो हामीलाई बन्द गर्नुछ । मेरो बैंक एकाउन्टको दुनियाँ यहि हो । तर, जब म सांसद बने अनि मुख्यमन्त्री बने, त्यतिबेला मेरो तलब आउन सुरु भयो । तब बैंक एकाउन्ट खुल्यो । म त्यो हेर्थिन् । मेरो स्टाफ हेर्थे । जब म त्यहाँबाट निस्किए त्यतिबेला मेरा अफिसरहरुलाई बोलाए । म यो लगेर के गर्छु र मलाई कुनै उपयोग छैन । म यो दिन चाहान्छु । उनीहरुले भने, यस्तो नगर्नुस्, मैले भने–मैले के गर्ने यो पैसा ? उनीहरु मेरो इज्जत गर्थे । धेरै बहस नगरी उनीहरु फर्किए । बेलुका एक सिनियर अफिसर लिएर आए उनीहरु । उनीहरु ३ जना थिए । उनीहरुले भने–मोदी जी तपाईमाथि यतिधेरै केस चलिरहेको छ गुजरातमा । वकिल पनि महँगा छन् । तपाईलाई पैसाको जरुरी पर्छ । कहिलेसम्म पदमा रहिरहनुहोला र ? पछि तपाईलाई कसैले दिदैन् । हाम्रो अनुरोध छ यस्तो नगर्नुहोस् । मैले फेरि भने–के गर्ने ? उनीहरुले भने– तपाईलाई त्यस्तो लाग्छ भने केही दिनुहोस् । त्यसबाटमैले २१ लाख रुपैयाँ दिएको हुँ । हाम्रो सचिवालयमा जो ड्राइभर थिए, जो पिउन थिए, खास गरेर उनीहरुको बालबालिकाका लागि । उनीहरुको शिक्षा दिक्षाका लागि खर्च गर्नुहोस् भने । सांसद रहेको बेला मलाई सरकारको तर्फबाट फ्लाट मिलेको थियो । त्यो पनि मैले पार्टीलाई लिन भने । मलाई चाहिदैन भनेको थिए ।
राजनीतिबाट शन्यास लिएपछि तपाई के गर्नुहुन्छ ?
मैले यसबारेमा केही सोचेको छैन । जतिबेला जुन जिम्मेवारी मिल्यो । त्यसैलाई जिन्दगी माने । जिम्मेवारी नै मेरो जिन्दगी हो । म कल्पना पनि गर्दिन् कि समय विताउनका लागि मलाई केहि न केही गर्नुपर्छ । न मेरो मनमा विचार आयो न त मैले सोचे, त्यसैले मलाई लाग्छ, जीवनको पल–पल म कुनै न कुनै मिशनमा लागिहरन्छु ।
तपाई यहाँ आउँदा सबैभन्दा महत्वपूर्ण के सोच लिएर आउनु भएको थियो ?
प्रधानमन्त्री बनेको समयमा सायद अन्य प्रधानमन्त्रीको यो फाइदा मिलेन होला ! जुन मलाई मिल्यो । देशमा यतिधेरै प्रधानमन्त्री भए । यी सबैको यो फाइदा मिलेन । किनि कि म लामो समयसम्म मुख्यमन्त्री रहें । अनि म गुजरातको लंगेस्ट सर्भिङ चिफ मिनिस्टर रहे । चिफ मिनिष्टर भएको नाताले तपाईलाई मिहिन तरिकाले काम गर्नुपर्छ । यो शौभाग्य म भन्दा पहिले कसैले पाएनन् । यसले मलाई देशको सेवा गर्ने ठूलो तागत दियो ।
तपाई तीन घण्टामात्र निदाउनु हुन्छ रे नि ?
जतिले मलाई जान्छन, साथीहरु या डाक्टर, उनीहरु सबैको यहि एक आग्रह हुन्छ म सुत्ने समय बढाउँ, राष्ट्रपति ओवामा सँग भेट्दा पनि सबैभन्दा पहिले यहि कुरा गरे । उनले भने–‘मोदी जी किन यस्तो गर्छौ ? यो तिम्रो नशा हो कामको तर, तिमीलाई आफैलाई नोक्सान गरिरहेका छौं ।’ हामी साथी जस्तै छौं । जब उनी म सँग भेट्छन तब सोध्छन् ‘तिमीले निदको समय बढायौ कि बढाएनौं ?’ खोई थाहा छैन, सायद मेरो बडि शर्कल यस्तो भयो । मेरो निद कम समयमै पूरा हुन्छ ।
मेरो काम धेरै छ भन्ने चिन्ताले त उठ्नुहुन्न ?
अह छैन । म आँखा खुल्ने बित्तिकै जमिनमा आउछु । अरुले जस्तो हात खुट्टा तन्काउने आँखा मिच्ने गर्दिन् । हुन सक्छ १८–२२ वर्षमा जुन जिन्दगी मैले बाँचिरहेको थिए, त्यहाँबाट यसको विकास भएको हुनुपर्छ । अब त्यो मेरो शरीरको हिस्सा बनेको छ । ह, म रिटायर्ड भएपछि भने निद कसरी बढाउने भन्ने बारेमा पहिले सोच्नेछु ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नायक अक्षय कुमारले गरेको कुराकानीको केही अंश
वि.सं.२०७६ वैशाख १७ मंगलवार १५:०१ मा प्रकाशित