back
CTIZAN AD

राजनीतिमा किन आउन सक्तैनन् नेपाली कलाकारहरु ?

वि.सं.२०७६ वैशाख १७ मंगलवार

927 

shares

रोनाल्ड रेगन यो नाम सुन्ने बित्तिकै तपाइ भन्नु हुनेछ उनि अमेरीकाका पूर्व राष्टपति हुन् । तर, तपाईलाइ थाहा नहुन सक्छ उनी भेट्रान हिरो पनि हुन भनेर । हो, उनी किंग्स रो र डेथ भ्यालि डेज जस्ता चलचित्रका नायक हुन् ।

रेगन राजनीति र कलाकारीता दुवैमा सफल भए । रेगन मात्रै होइन कमेडियन जालोमोस्की युक्रेनमा हालै सम्पन्न निर्वाचनमा भारी बहुमतका साथ निर्वाचित भएका छन् । भारतीय राजनीतिमा पनि कलाकारहरु सफल मानिन्छन् । अमिताभ बच्चनदेखि स्मृति इरानीसम्म लाइम लाइट र पावर पोलिटिक्स दुवैमा सफल खेलाडि हुन् । हलिवुड भनिने भारतीय सिनेमा होउन या साउथ सिनेमा र राजनीतिको गहिरो सम्वन्घ भेटिन्छ ।

एक जमानाका चलेका हिरो सुनिल दत्त युवा तथा खेलकुदमन्त्री भएका थिए । इरानी बहालवाला मन्त्री हुन् । गोबिन्दा, सवाना आजमि, सत्रुध्न सिन्हा पटक–पटक सासंद बनिसकेका छन । अहिले ढाइ किलो हातवाला बवि देवल र रंगिला गर्ल उर्मिला मातोण्डकर पनि चुनावि मैदानमा छन । तर, कलिवुड भनिने नेपाली सिनेमासँग राजनीतिले खासै साइनो जोडेको पाइदैन ।

नायक शिव श्रेष्ठले स्वतन्त्र उमेदवारको रुपमा चुनाव लड्ने हिम्मत गरे यता कुनै कलाकारले राजनीतिमा आफ्नो भाग्य अजमाउने प्रयास नेपालमा गरेको पाइदैन ।

रेडियो समाचार वाचिका तथा गायिका कोमल वली बाहेक अरु कलाकार अहिले सम्म राजनीतिमा सफल भएको देखिएको छैन । तत्कालिन माओवादी सुप्रिमो पुष्प कमल दाहालसँग नजिकिएकी रेखा थापा अहिले कमल थापा सँग नजिक छन् । पटक–पटक पार्टी परीवर्तन गरेपनि थापा अझैसम्म सत्ता स्वादबाट टाढै देखिन्छिन् ।

बेला बेलामा नायक राजेश हमाल पोलिटिकल म्यान बन्ने चर्चा चले पनि यो हल्लाले सार्थकता पाइसकेको छैन । निर्माता तथा नायक भुवन के सीको ०७५ को चुनावमा खुवै चर्चा भएको थियो । के सीको चर्चाले पनि सार्थकता पाइसकेको छैन् ।

वि.सं.२०७६ वैशाख १७ मंगलवार १४:३३ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...