back
CTIZAN AD

सोमबारको असिना पानीका कारण पोखराका किसान मर्कामा

वि.सं.२०७६ वैशाख १७ मंगलवार

624 

shares

१७ बैशाख, पोखरा । पोखरामा सोमबार दिउँसो परेको असिनाका कारण बालीनालीमा क्षति पु¥याएपछि कृषक मर्कामा परेका छन् । व्यावसायिक कृषि सञ्चालन हुँदै आएका कास्कीको बाघमारा, मालेपाटन, छोरेपाटन, विरौटालगायतका क्षेत्रमा असिनाले ठूलो क्षति पु¥याएको छ ।

असिनाले फल्दै गरेको लहरेबालीका साथै मौरीपालक किसानलाई पनि क्षति पु¥याएको लामगादी मौरीपालन केन्द्र पोखरा महानगरपालिका–३३ का सञ्चालक शिवराज भण्डारीले जानकारी दिए ।

लगातार ठूलो सङ्ख्यामा परेको असिना तथा हावाहुरीसहितको पानीले लामगादी मौरीपालन केन्द्रका १५ वटा मौरीको घार पूर्णरुपमा क्षतिग्रस्त भएको उनले बताए । वरपरका बोट बिरुवामा फुलेका फूलसमेत असिनाले झारे पछि मौरी चरनका लागिसमेत समस्या परेको उनले बताए । असिनाका कारण कृषकले लगाएका काँक्रो, घिरिम्लो, लौका, गोलभेडा, सिमीलगायतका तरकारीमा क्षति पुगेको छ ।

मालेपाटन कृषि अनुसन्धान केन्द्रमा रहेको लिचीको बगैँचा असिनाले पूर्ण क्षति बनाएको केन्द्रका प्रमुख युवराज भुसालले जानकारी दिए । केन्द्रभित्र बीउबिजन प्रयोजबनका लागि लगाइएका लहरे बालीमा समेत क्षति पुगेको उनले बताए ।

वि.सं.२०७६ वैशाख १७ मंगलवार १३:३४ मा प्रकाशित

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...