
१८ बैशाख, काठमाडौं । समाज रुपान्तरणको बिबिध आयाममा नबिनतम धारणा राख्दै आएका चर्चित न्यायाधिश टेक नारायण कुँवरले आफ्नो गाउँ, समाज र देशलाई शुन्दर बनाउने सरल उपायहरु संप्रेषण गरेका छन् ।
शिक्षक विद्यार्थी र युनियनहरुले आपसमा मिलेर आफ्नो स्कूल, कलेज र युनिभर्सिटीको बगैंचा बनाउन सके, गाउँ वा नगरपालिकाहरुले नागरिकसँग हातेमालो गरेर गाउँ टोल सफा राख्न सके, जथाभावी फोहेर फाल्दा असभ्यता हुन्छ भन्ने चेतना प्रसार गर्न सके, प्रत्येक घरधनीले आफ्नो घरको सडकपट्टिको सिमासम्म अनिवार्य रुपमा सफा गर्नैपर्ने नियम लागू गर्न सके समाजको सभ्यता माथी उठ्ने उनले बताएका छन् ।
यसैगरी प्रत्येक घरधनीले आफ्नो घरको सिमासम्मका ठाउँमा फूलहरु अनिवार्य रुपमा रोप्न सके, भाडामा बसेका व्यापारीहरुले आफ्नो भाडाको सिमासम्म अनिवार्य रुपपमा सफा गर्नैपर्ने नियम लागू गर्न सके, सडकमा आफूखुशी खाल्डा खन्ने र आफूखुशी ब्रेकर बनाउनेलाई जरिवाना गरी दुरुस्त पार्न लगाउन सके, मनलागि रुपमा सडकमा निर्माण सामाग्री थुपार्न नदिन सके, जथाभावी गाडी रोकेर पार्किंग गर्ने वा मनलागेको ठाउँमा सार्वजनिक यातायात रोकी यात्रु झार्ने र चढाउनेलाई कडाईका साथ निरुत्साहन गर्नसके, समुदायका मानिसहरुले आफ्नो समुदायको पार्क चोक र सडक सफा राख्न सके आफ्नो गाउँ, समाज र देशलाई सुन्दर बनाउन सकिन्छ भन्ने बिचार सार्वजनिक गरेका छन ।
वि.सं.२०७६ वैशाख १८ बुधवार १४:०४ मा प्रकाशित





























