back
CTIZAN AD

अमेरिका–तालिबान वार्ता बुधबारदेखि – तालिबान

वि.सं.२०७६ वैशाख १८ बुधवार

765 

shares

१८ बैशाख, काबुल –  अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही र अमेरिकी प्रतिनिधिहरुबीच नयाँ चरणको शान्तिवार्ता बुधबारदेखि कतारमा हुँदैछ ।

तालिबानीका एक अधिकारीले वार्तामा अफगानिस्तानको शान्ति प्रक्रियाका बारेमा छलफल हुने बताए ।हालैका महिनाहरुमा दुबै पक्षबीच छ चरणको वार्ता भइसकेको छ । तालिबान प्रवक्ता जबिउल्लाह मुजाहिदले नयाँ चरणको वार्ता कतारको दोहामा बुधबारदेखि हुने जानकारी दिएका छन् ।

काबुलस्थित अमेरिकी राजदूताबासले उक्त वार्ताका बारेमा कुनै टिप्पणी गरेको छैन । तर अमेरिकी विदेश मन्त्रालयले यसअघि नै अफगानिस्तानका लागि विशेषदूत जाल्मे खलिलजाद यसै महिना तालिबानसँग भेटघाट गर्न जाने भनेर बताइसकेका छन् ।अफगानिस्तानका लागि पूर्व अमेरिकी राजदूत समेत रहिसकेका खलिलजादले अफगान शान्तिप्रक्रियालाई निष्कर्षमा पुराउन पहल गरिरहेका छन् ।

आइतबार वासिङ्टन डिसीमा कुरा गर्दै खलिलजादले अफगान युद्धमा वार्षिक ४५ अर्ब अमेरिकी डलर खर्च भइरहेको जानकारी दिए । अमेरिकी करदाताको यत्रो रकम सैनिक प्रयोजनमा खर्च गरिरहनु ठीक होइन, उनले भने ।

सन् २००१ देखि यतामात्र अमेरिकी नेतृत्वमा अफगानिस्तानमा भइरहेको युद्धमा दुई हजार ४०० अमेरिकी सैनिकको ज्यान गइसकेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक जतिसक्दो चाँडो स्वदेश फर्काउने घोषणा यसअघि नै गरिसकेका छन् । अफगानिस्तानमा हाल करिब १४ हजार अमेरिकी सेना तैनाथ छन् ।

वि.सं.२०७६ वैशाख १८ बुधवार १३:५५ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...