
१८ बैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) पपुवा न्युगिनीका पूर्वअध्यक्ष तथा युवा वैज्ञानिक राज शाहीले ब्रेन ट्युमरबाट पीडित उर्मिला बोहोरालाई आर्थिक सहयोग गरेका छन् ।
शाहीले कालिकोट नरहरिनाथ गाउँपालिका वडा नं ९ की उर्मिला विष्ट बोहोराको उपचारका लागि १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । ब्रेन ट्युमरका कारण २ महिनादेखि टिचिङ अस्पतालमा उपचार गराई रहेकी उर्मिलाका लागि शाहीले उक्त सहयोग गरेका हुन् । उनले बैशाख १६ गते अस्पतालमै पुगेर उर्मिलाका श्रीमान प्रदीप बोहोरालाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
शाहीले उर्मिलाको उपचारका लागि अन्य सहयोगी हातहरुको खोजी गर्ने आश्वासन समेत दिएका छन् । ‘मेरो यो सानो सहयोग हो । म साथीहरुसँग पनि सल्लाह गर्छु उर्मिलाको उपचारका लागि केहीगर्न सक्छु कि !’ शाहीले संसारन्युजसँग भने ।
वि.सं.२०७६ वैशाख १८ बुधवार १३:४३ मा प्रकाशित