back
CTIZAN AD

‘नागरिकता कागजको एकथान टुक्रा होइन’

वि.सं.२०७६ वैशाख १९ बिहीवार

978 

shares

१९ बैशाख, काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा तथा अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले नागरिकतालाई एकथान कागजको टुक्रा नसम्झन आग्रह गरेका छन् ।

नागरिकतामा आफ्नो गन्ध मिसिएको माटो भएको, भुगोलको ठेगाना रहेको तथा वंश र राष्ट्रियताको चिनारी रहेको बताउँदै नागरिकतालाई फगत प्रशासनिक झमेलाबाट बच्नका लागि दोकानमा फोटो कपी गरेर हाकिमलाई पेश गर्ने कागजको एकथान टुक्रा नसम्झन पुनले आग्रह गरेका हुन् । संसदमा छलफलकै चरणमा रहेको नागरिकता विधेयकका विषयमा देशनै तातिरहेका बेला पुनले पनि आफ्नो धारणा यसरी व्यक्त गरेका हुन् ।

पुनको विचार जस्ताको तस्तै

‘नागरिता भनेको फगत प्रशासनिक झमेलाबाट बच्न चोकको दोकानमा फोटोकपी गरेर हाकिमलाई पेश गर्ने कागजको एकथान टुक्रा हैन । नागरिकता भनेको आफ्नो गन्ध मिसिएको माटोमा परिचय हो । भूगोलको ठेगाना हो । वंश र राष्ट्रियताको चिनारी हो । नागरिताले राष्ट्रिय राजनीतिको मताधिकारलाई सुनिश्चित गर्छ । र नागरिताकै बहुमतबाट राज्यमा सरकार निर्माण हुन्छ । हामीले सुनेकै, पढेकै कुरा हो, नागरिकताले मताधिकारको संख्या बटुल्छ । फिजिकरणको लामो चर्चा गर्न त चाहन्न तर कुनैपनि सार्भमौम मुलुकलाई फिजिकरण गराउने अश्त्र नागरिता नै हो । नागरिकताका बारेमा केही आवाजहरु उठिरहेका छन् हाम्रो देशमा । तर यो आवाज नयाँ भने हैन । कहिले मसिनो स्वरमा उठेका छन् त कहिले चर्को ।

खासगरी नेपालसँग सिमाना जोडिएका जिल्लाहरुमा नागरिकताको दुरुपयोग भयो कि भन्ने शंकाहरु ब्यापक छन् । ति सिक्कीमबाट आएका हुन् वा बिहारबाट । कालो वर्णका हुन् वा गोरो । नेपाली भाषा जानुन् कि नजानुन् । मुख्य कुरा नेपाली जमिनसँग साईनो नभएकाहरुलाई नेपाली नागरिता कुनैपनि हालतमा दिनुहुदैन । मिल्दैन। यो राष्ट्रद्रोह नै हो ।तर दिनु हुदैन भनेर मात्र हुदैन। दिनु हुदैन त सबैले भन्छ ।

मुख्य कुरा हाम्रो सुरक्षा रणनीति हो । नागरिकताका सवालमा सुरक्षा रणनीति के हो त ? जस्तो कि विगतमा पनि पहाडमा होस् वा हिमालमा वा मधेसमै किन नहोस्, घुम्टी टोलीले नागरिता वितरण गर्दा चरम दुरुपयोग भएको देखिन्छ । छिमेकी देशहरुसँग जोडिएका जिल्लाहरुमा नागरिता वितरण गर्दा मापडण्डहरु के हुन् ? त्यो आँकलन होस् भन्ने हो । किनभने विदेशीले नागरिकता लिदाँ त्यस्तो सोझो असर सिमानामै रहनेहरुलाई पर्ने हो ।तर नागरितामा कडाई गर्दैमा राष्ट्रबादी भैहाल्ने भन्ने चाँही हैन । तपाई मधेसमा अनावश्यक शंका गर्दा नेपालीहरुले पनि बर्षौ देखी नागरिकता नपाएको गुनासोहरु सुन्न पाईन्छ । यो निकै दुःखको कुरा हो ।

नागरिकताको समस्या हल गर्नुपर्छ । आमाको नामबाट, बाउको नामबाट, वंशज, अंगिकृत जे सुकै नामका नागरिकता हुन्, हामीले नागरिकता वितरण प्रणालीलाई ब्यवस्थित गर्नुपर्छ ।विगतको तुलनामा जनसंख्या ह्वात्तै बढेको भन्ने आँकडाहरु बाहिर आएका छन् । नेपालको भौगोलिक बनोट भन्दा जनसख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गरेर हिमाल पहाड़ भन्दा तराई मधेसमा निर्वाचन क्षेत्र बढी हुने कुराले जानेमानेका मानिसहरुले यसो हुनुका थुप्रै कारण प्रति संकेत गरेका छन् । भोली नेपाली मुलवाशी नै माईनोटरी ग्रुपमा नपरोस्, देश नेपालको तर देशका नागरिकको बहुमत विदेशको नहोस् । हामी सबै समय मै सचेत होऔ । हाम्रो देश संविधान विहीन छैन, न कसैको अधिनमा रह्यो, रहनेछ । हाम्रो देशको सिमानासंगै नागरिकता प्रणालीलाई मजबुत गराउनुको विकल्प छैन ।’

वि.सं.२०७६ वैशाख १९ बिहीवार १७:३१ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...