back
CTIZAN AD

बालबालिकाको सहयोगका लागि ‘दाल भात तरकारी’ प्रदर्शन गर्दै एनआरएनए नेदरल्याण्डस्

वि.सं.२०७६ वैशाख १९ बिहीवार

603 

shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्ड्सले द्धन्द्ध पीडित तथा अनाथ बालबालिकाको सहयोगका लागि नेपाली चलचित्र ‘दाल भात तरकारी’ प्रदर्शन गर्ने भएको छ ।

संघले रोल्पामा अवस्थित द्वन्द पिडित अनाथ, असहाय तथा गरिब बालबालिकाहरुका लागी आवास निर्माण गरिदिने उद्धेश्यले यहि मे १२ र १३ मा नेदरल्यान्ड्सको राजधानी आमस्र्टडाममा चलचित्र प्रदर्शन गर्न लागेको हो । उक्त चलचित्रबाट प्राप्त रकमले बालबालिकाका लागि आवास निर्माण गर्न लागिएको संघका अध्यक्ष ठाकुर प्रसाद शर्मा (मनोहरि) ले बताएका छन् ।

शर्माले नेदरल्यान्ड्सबासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरुलाई सादर अनुरोध गर्दै एनआरएन नेदरल्यान्ड्सले सुरु गरेको सामाजिक काममा सम्पूर्ण आदरणीय महानुभाबहरुलाई आमन्त्रणसहित अनुरोध गरेका छन् ।

आ-आफ्नो पकेट खर्चबाट केहि रकम खर्चेर उक्त चलचित्र हेरी असहाय बालबालिकाहरुलाइ सहयोग हुने कुरामा कुनै द्विविधा नरहने भन्दै महासचिब जितेन्द्र कुमार श्रेष्ठ अपिल गरेका छन् ।

साथै उक्त चलचित्र हेर्नका लागी १२ वर्ष मुनिका बालबालिकाहरुलाई निःशुल्क र अरुकालागि २० युरो राखिएको समेत श्रेष्ठले जानकारी दिए ।

वि.सं.२०७६ वैशाख १९ बिहीवार १७:५० मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...