back

बालबालिकाको सहयोगका लागि ‘दाल भात तरकारी’ प्रदर्शन गर्दै एनआरएनए नेदरल्याण्डस्

वि.सं.२०७६ वैशाख १९ बिहीवार

24 

shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्ड्सले द्धन्द्ध पीडित तथा अनाथ बालबालिकाको सहयोगका लागि नेपाली चलचित्र ‘दाल भात तरकारी’ प्रदर्शन गर्ने भएको छ ।

संघले रोल्पामा अवस्थित द्वन्द पिडित अनाथ, असहाय तथा गरिब बालबालिकाहरुका लागी आवास निर्माण गरिदिने उद्धेश्यले यहि मे १२ र १३ मा नेदरल्यान्ड्सको राजधानी आमस्र्टडाममा चलचित्र प्रदर्शन गर्न लागेको हो । उक्त चलचित्रबाट प्राप्त रकमले बालबालिकाका लागि आवास निर्माण गर्न लागिएको संघका अध्यक्ष ठाकुर प्रसाद शर्मा (मनोहरि) ले बताएका छन् ।

शर्माले नेदरल्यान्ड्सबासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरुलाई सादर अनुरोध गर्दै एनआरएन नेदरल्यान्ड्सले सुरु गरेको सामाजिक काममा सम्पूर्ण आदरणीय महानुभाबहरुलाई आमन्त्रणसहित अनुरोध गरेका छन् ।

आ-आफ्नो पकेट खर्चबाट केहि रकम खर्चेर उक्त चलचित्र हेरी असहाय बालबालिकाहरुलाइ सहयोग हुने कुरामा कुनै द्विविधा नरहने भन्दै महासचिब जितेन्द्र कुमार श्रेष्ठ अपिल गरेका छन् ।

साथै उक्त चलचित्र हेर्नका लागी १२ वर्ष मुनिका बालबालिकाहरुलाई निःशुल्क र अरुकालागि २० युरो राखिएको समेत श्रेष्ठले जानकारी दिए ।

वि.सं.२०७६ वैशाख १९ बिहीवार १७:५० मा प्रकाशित

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

काठमाडौं । अमेरिकाको नर्थक्यारोलिना राज्यमा नेपालीहरुको चाड दशै र तिहारमा...

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिवना) को...