
२० बैशाख, काठमाडौं । मुलुकको निर्यातमा व्यापार महत्वपूर्ण योगदान पुर्याउँदै आएको अलैचीमा स्थानीय तहले दोहोरो कर लिने गरेका पूर्वका उद्योगी व्यवसायीले गुनासो गरेका छन् ।
नेपालबाट विदेशमा निर्यात् हुने प्रमुख वस्तुमा अलैंची पर्छ । अलैची निर्यातले गलैंचा निर्यातलाई कतिपय वर्षहरुमा प्रतिश्प्रर्धात्मक रुपमा उछिनेको र खासगी पछिल्ला वर्षहरुमा प्राय : प्रथम स्थानमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको अलैंची निर्यातमा स्थानीयतहले दोहोरो कर लिँदा व्यवसायीहरु समस्यामा परेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष नरेन्द्र कुमार खड्काले बताए ।
अलैंची निर्यात हुने स्थानीय तहसहित अन्य तहले पनि कर असुली रहेको उनको भनाई छ । शुक्रबारको कारोबार दैनिकबाट
वि.सं.२०७६ वैशाख २० शुक्रवार ०७:२९ मा प्रकाशित