back
CTIZAN AD

मधेसकी साहसी चेली, जसले ताला फोडर श्रीमानको घर पसिन्

वि.सं.२०७६ वैशाख २० शुक्रवार

573 

shares

२० बैशाख, वीरगन्ज । दाइजको कारण श्रीमानको घर पस्न नपाएकी वीरगन्ज महानगरपालिका ६ मुख्य बजारकी डा. निलम कुमारी साहले आफ्नो घरको ताला ताडेर घरभित्र प्रवेश गरेकी छिन् ।

घरभित्र मानिस भएपनि बाहिरबाट लगाइएको ताला तोडी उनी आफ्नो श्रीमानको घर पसेकी हुन ।

२०६९ सालमा बिहे भएर पाँचवर्षसम्म राम्रै सम्बन्ध रहेकी डा. निलमको एकवर्ष यता पारिवारीक सम्बन्धमा खटपट आएको डा. निलमले बताइन् । ‘जब म एमडी गरेर घर आएँ, तब उनीहरुले मलाई मानसिक र शारिरीक यातना दिएर राख्न इन्कार गर्न थाल्नु भयो,’ डा. निलमले भनिन्,‘ कारण थप दाइजो मात्र हो, अनेक प्रयास गर्दा पनि श्रीमान्को आमा बाबुलागायत ठूली दिदीसहितले मप्रतिको व्यवहारमा पविरर्तन् गर्नु भएन ।’

निलमले केही उपाय नलागेपछि सोमबार पर्सा जिल्ला अदालतमा घरमा बस्ने, खाने वातावरण मिलाई घरेलु हिंसाबाट मुक्त दिई संरक्षात्मक आदेश पाउँ भनी निवेदन दिएकी थिइन ।

त्यसै निवेदनको आधारमा अदालतबाट आदेश भए बमोजिम घरबाटै कुनै हिंसामा पारी निकाला नगर्ने भन्ने आदेश आएपछि स्थानीय, अधिकारमर्की, प्रहरी प्रशासन र भद्रभलाद्मीकै बीचमा चाबी हराएकोले ताला तोडी प्रवेश गरेको उनले बताइन् । जिल्ला प्रहरी र आफ्नो साह तेली समाजमा अनेक छलफल भएपछि पनि हरेक प्रयास विफल भएर अदालतको सहारा लिन पुगेको निलम कुमारीले बताइन् ।

वीरगन्जको मुख्य बजारमा रहेको उनको श्रीमान्को घरमा अधिकारकर्मी र सुरक्षाकर्मी पुग्दा घरेको गेटमा बाहिर ताला लगाइएको थियो ।  निलमका ससुरा गम्भिरा साह (नेपाली कांग्रेसका स्थानीय नेता हुन् । शुक्रबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ वैशाख २० शुक्रवार ०७:४६ मा प्रकाशित

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

काठमाडौंँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया...