back

मधेसकी साहसी चेली, जसले ताला फोडर श्रीमानको घर पसिन्

वि.सं.२०७६ वैशाख २० शुक्रवार

30 

shares

२० बैशाख, वीरगन्ज । दाइजको कारण श्रीमानको घर पस्न नपाएकी वीरगन्ज महानगरपालिका ६ मुख्य बजारकी डा. निलम कुमारी साहले आफ्नो घरको ताला ताडेर घरभित्र प्रवेश गरेकी छिन् ।

घरभित्र मानिस भएपनि बाहिरबाट लगाइएको ताला तोडी उनी आफ्नो श्रीमानको घर पसेकी हुन ।

२०६९ सालमा बिहे भएर पाँचवर्षसम्म राम्रै सम्बन्ध रहेकी डा. निलमको एकवर्ष यता पारिवारीक सम्बन्धमा खटपट आएको डा. निलमले बताइन् । ‘जब म एमडी गरेर घर आएँ, तब उनीहरुले मलाई मानसिक र शारिरीक यातना दिएर राख्न इन्कार गर्न थाल्नु भयो,’ डा. निलमले भनिन्,‘ कारण थप दाइजो मात्र हो, अनेक प्रयास गर्दा पनि श्रीमान्को आमा बाबुलागायत ठूली दिदीसहितले मप्रतिको व्यवहारमा पविरर्तन् गर्नु भएन ।’

निलमले केही उपाय नलागेपछि सोमबार पर्सा जिल्ला अदालतमा घरमा बस्ने, खाने वातावरण मिलाई घरेलु हिंसाबाट मुक्त दिई संरक्षात्मक आदेश पाउँ भनी निवेदन दिएकी थिइन ।

त्यसै निवेदनको आधारमा अदालतबाट आदेश भए बमोजिम घरबाटै कुनै हिंसामा पारी निकाला नगर्ने भन्ने आदेश आएपछि स्थानीय, अधिकारमर्की, प्रहरी प्रशासन र भद्रभलाद्मीकै बीचमा चाबी हराएकोले ताला तोडी प्रवेश गरेको उनले बताइन् । जिल्ला प्रहरी र आफ्नो साह तेली समाजमा अनेक छलफल भएपछि पनि हरेक प्रयास विफल भएर अदालतको सहारा लिन पुगेको निलम कुमारीले बताइन् ।

वीरगन्जको मुख्य बजारमा रहेको उनको श्रीमान्को घरमा अधिकारकर्मी र सुरक्षाकर्मी पुग्दा घरेको गेटमा बाहिर ताला लगाइएको थियो ।  निलमका ससुरा गम्भिरा साह (नेपाली कांग्रेसका स्थानीय नेता हुन् । शुक्रबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ वैशाख २० शुक्रवार ०७:४६ मा प्रकाशित

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

काठमाडौँ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना...

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

पाटन । उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन...

विचौलिया विना देवघाटका सुन्तला  काठमाडौं  ल्याउने महानगरको भनाई

विचौलिया विना देवघाटका सुन्तला काठमाडौं ल्याउने महानगरको भनाई

मिला दरै, डुम्रे (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका–१, २, ३...

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

गलेश्वर (म्याग्दी) । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर...