
२० बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी स्थायी सिित सदस्य घनश्याम भुषालले पार्टीभित्रको शैद्धान्तिक धार ‘बोन्सायी’ झार जस्तो भएको बताएका छन् ।
पार्टीभित्र कुनै प्रकारको अनुशासन नभएको जिकिर गर्दै उनले सो कुरा बताएका ुहन् । कार्लमाक्र्सको २ सय १ औं जन्मशताब्दि मनाउने कार्यत्रमको तयारीका क्रममा उनले सो कुरा बताएका हुन् ।
‘बोन्सायी जापनीजहरुले मूल जरो काटिदिएपछि बढ्दो रहेनछ, अनि गमला सजाइदिने । अहिले सिद्दान्तको अवस्था वाम आन्दोलनमा बोन्सायी भएको उनले कम्पनी हुँदा कम्पनीको अनुशासन, पार्टी हुँदा पार्टीको अनुशासन क्लबमै पनि अनुशासन हुन्छ । के भएको छ, भएको थाह छैन ।’ नेता भुसालले भने । उनले अब सबैको समाजवाद हो भने कस्तो हुने सबैको अजेन्डा हुनुपर्छ ।
जब राजनीतिक पार्टी सिद्दान्तबाट च्यूत हुन्छ, कार्यभार भुल्छ र संगठन कस्तो बनाउने भन्ने हुँदैन त्यसपछि संगठन नेताहरुको चाकरी मात्र गर्ने गुट जस्तो हुन पुग्ने उनले दाबी गरे । शुक्रबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ वैशाख २० शुक्रवार ०७:५९ मा प्रकाशित





























