back
CTIZAN AD

काँग्रेस एक ढिक्का भए चुनौती सामना गर्न सकिने

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार

963 

shares

ganesh-man-jayanti-in-pok

२६ कात्तिक, पोखरा । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेस एक ढिक्का भए मात्रै अहिलेको चुनौतीलाई सामना गर्न सकिने बताउनुभएको छ ।

लौहपुरुष गणेशमान सिंहको १०१ औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह फाउन्डेसन कास्कीले आज यहाँ आयोजना गरेको ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा वीर गणेशमानसिंहको योगदान’ विषयको विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पार्टीमा गुटउपगुट एवम् मतभेद देखिएमा संविधान कार्यान्वयनको ऐतिहासिक जिम्मेवारी पूरा हुन नसक्ने धारणा राख्नुभयो ।

नेता सिंहले वामपन्थीलाई बहुदलीय व्यवस्थाप्रति विश्वास गराउन सक्ने खुबी गणेशमान सिंहमा थियो भन्दै राजनीतिक उपलब्धिपछि आर्थिक क्रान्ति गरेर देशलाई आर्थिक समृद्धितर्पm उन्मुख गराउने गणेशमानको सपना पूरा गर्न सबै राजनीतिक दलबीच एकताको खाँचो औँल्याउनुभयो ।

सो अवसरमा नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष तथा रक्षामन्त्री बालकृष्ण खाँणले दुई ठूला छिमेकी देशसँग सन्तुलित सम्बन्ध कायम गर्दै मुलुकमा शान्ति स्थापना गरी आर्थिक समृद्धि स्थापना गर्ने दायित्व काँग्रेसको काँधमाथि आएको छ भन्नुभयो ।

सांसद रामकृष्ण यादव, यज्ञबहादुर थापा र मोहन राईले गणेशमान सबै काँग्रेसी नेताको आस्थाको केन्द्र हुनुहुन्थ्यो भन्नुभयो । संस्थाका उपाध्यक्ष सिकन्दर गुरुङका अध्यक्षतामा भएको सो कार्यक्रममा प्रा कुसुमाकर न्यौपाने, काँग्रेस कास्कीका सभापति कृष्ण केसी लगायतले गणेशमानको योगदानमाथि प्रकाश पार्नुभएको थियो । तस्बिरः निमदत्त सुवेदी,पोखरा, रासस

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार १५:२८ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...