back

काँग्रेस एक ढिक्का भए चुनौती सामना गर्न सकिने

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार

552 

shares
IME Limited
NTC AD

ganesh-man-jayanti-in-pok

२६ कात्तिक, पोखरा । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेस एक ढिक्का भए मात्रै अहिलेको चुनौतीलाई सामना गर्न सकिने बताउनुभएको छ ।

लौहपुरुष गणेशमान सिंहको १०१ औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह फाउन्डेसन कास्कीले आज यहाँ आयोजना गरेको ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा वीर गणेशमानसिंहको योगदान’ विषयको विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पार्टीमा गुटउपगुट एवम् मतभेद देखिएमा संविधान कार्यान्वयनको ऐतिहासिक जिम्मेवारी पूरा हुन नसक्ने धारणा राख्नुभयो ।

नेता सिंहले वामपन्थीलाई बहुदलीय व्यवस्थाप्रति विश्वास गराउन सक्ने खुबी गणेशमान सिंहमा थियो भन्दै राजनीतिक उपलब्धिपछि आर्थिक क्रान्ति गरेर देशलाई आर्थिक समृद्धितर्पm उन्मुख गराउने गणेशमानको सपना पूरा गर्न सबै राजनीतिक दलबीच एकताको खाँचो औँल्याउनुभयो ।

सो अवसरमा नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष तथा रक्षामन्त्री बालकृष्ण खाँणले दुई ठूला छिमेकी देशसँग सन्तुलित सम्बन्ध कायम गर्दै मुलुकमा शान्ति स्थापना गरी आर्थिक समृद्धि स्थापना गर्ने दायित्व काँग्रेसको काँधमाथि आएको छ भन्नुभयो ।

सांसद रामकृष्ण यादव, यज्ञबहादुर थापा र मोहन राईले गणेशमान सबै काँग्रेसी नेताको आस्थाको केन्द्र हुनुहुन्थ्यो भन्नुभयो । संस्थाका उपाध्यक्ष सिकन्दर गुरुङका अध्यक्षतामा भएको सो कार्यक्रममा प्रा कुसुमाकर न्यौपाने, काँग्रेस कास्कीका सभापति कृष्ण केसी लगायतले गणेशमानको योगदानमाथि प्रकाश पार्नुभएको थियो । तस्बिरः निमदत्त सुवेदी,पोखरा, रासस

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार १५:२८ मा प्रकाशित

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका...

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पु¥याउन...

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुस्ताङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको...

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सशस्त्र सङ्घर्ष, जनआन्दोलन...