back

‘राष्ट्रपतिका सल्लाहकारहरुमा ज्ञान नभएको हो कि, हेलचेक्र्याइ ?’

वि.सं.२०७६ वैशाख २२ आइतवार

36 

shares

२२ बैशाख, काठमाण्डौं । केहि दिन यता देखी प्रधानमन्त्री र राष्ट्रपति सचिवालयबाट भएका कमजोरी जस्ता बिषयलाइ लिएर ज्ञान नभएको वा हेलचेक्रयाइ गरीएको भन्ने टिप्पणी पूर्व प्रहरी अधिकृत गोबिन्दराम परीयारले गरेका छन् ।

‘राज्यको एकताको प्रतिक, सम्मानित संवैधानिक राष्ट्रपति पदमा आसिन व्यक्तित्वलाई समय समयमा विवादमा ल्याउनु दुर्भाग्यपूर्ण त हुदैँ हो यसको वावजुत यसवाट सार्वभौम सम्पन्न नेपाली नागरिकमा सम्मानित राष्ट्रपति संस्था प्रति नै अनास्था नैराश्यता एवं अविश्वासको भावना पैदा गर्ने दुष्प्रयास भएको प्रष्ट हुन्छ जसको परिणाम मुलुकको अखण्डता,एकता एवं स्वाधिनता नै प्रत्यक्ष परोक्ष रुपमा कमजोर हुन पुग्छ’ परियारले सामाजिक संजालमा राखेका छन् ।

सम्मानित राष्ट्रपतिज्युलाई विवादमा ल्याईएका मुख्य विषयहरुमा नेपाल प्रहरीको आशाको केन्द्र एवं वर्तमान तथा पुर्व प्रहरीहरुको भावनासंग जोडिएको अति सम्मानित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजलाई अन्तै सारी, सो ठाउंँमा सम्मानित राष्ट्रपतिज्यूको हेलिकप्टरको लागि हेलिप्याड बनाउने, १८ करोडको अत्याधुनिक सुबिधा सम्पन्न बुलेट प्रुफ गाडी किन्ने, समय समयमा हुने भ्रमणमा कारगेट व्यवस्थापनवाट आम नागरिकहरुलाई आवत जावतमा असुविधा हुने गरेको भन्ने र हिजो मात्रै सम्माननीय राष्ट्रपतिज्यूले सम्मानित सदनमा पेश गर्नु भएको आ व२०७६ र ०७७ को नीति तथा कार्यक्रममा “मेरो सरकार” भनि सम्बोधन गर्नु भएको विषय पनि विवादित नै बन्न पुग्यो ।

राष्ट्रपति पद व्यक्ति नभई सम्मानित संस्था हो जो जहिले पनि निर्विवाद रहन्छ र हुनु पर्छ भन्ने सर्वमान्य सिद्धान्तवारे सम्बन्धित सल्लाहकारहरुमा ज्ञान नभएको हो वा हेल्चेक्र्याई ? वहाँ हरु नै जानु, तर एउटा बुझ्नु पर्ने कुरा चाँहि के हो भने मुलुक संघीयतामा जाँदा पंचायती व्यवस्थाले बिभाजन गरेको ५ वटा विकास क्षेत्र लाई प्रदेशमा परिणत गर्न त नेपाली जनताले मानेनन् भने पूर्वराजाले प्रयोग गर्ने भाषालाई दोहर्याउन लगाउँदा आम जनताले स्वीर्कालान त ? यो वास्तविकता एउटा सामान्य व्यक्तिलाई पनि थाहा हुने कुरा हो ।

‘केही सल्लाहकारहरुले अन्तर्राष्ट्रिय चलन हो भनि स्पष्टीकरण दिएको भरमा यसको बैधता प्रमाणित हुँदैन वरु नेपालको सविधानमा के व्यवस्था छ त्यसले मात्र कानुनी वा संवैधानिक मान्यता पाउँछ’ उनले धारणा राखेका छन् ।

त्यसैले देशको एकता स्वाधिनता, स्वतन्त्र एवं स्वाभिमान बलियो बनाउनका खांतिर मुलुकको एकताको प्रतिक सम्मानित राष्ट्रपतिलाई निर्विवाद राख्नु पर्ने आजको आवश्यकता हो यसका लागि सम्बन्धित सल्लाहकारहरु सजग तथा संबेदनशील भई अगाडी बढ्नु को विकल््प छैन् ।

वि.सं.२०७६ वैशाख २२ आइतवार १३:२२ मा प्रकाशित

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका...

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक...

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

काठमाडौं । योजना आयोगका सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरिएको छ ।...

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

काठमाडौं । दुरसंचार प्राधिकरणले दूरसंचार सेवा प्रदायक ३० कम्पनीलाई सातदिन...

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

  काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ...