back
CTIZAN AD

‘राष्ट्रपतिका सल्लाहकारहरुमा ज्ञान नभएको हो कि, हेलचेक्र्याइ ?’

वि.सं.२०७६ वैशाख २२ आइतवार

831 

shares

२२ बैशाख, काठमाण्डौं । केहि दिन यता देखी प्रधानमन्त्री र राष्ट्रपति सचिवालयबाट भएका कमजोरी जस्ता बिषयलाइ लिएर ज्ञान नभएको वा हेलचेक्रयाइ गरीएको भन्ने टिप्पणी पूर्व प्रहरी अधिकृत गोबिन्दराम परीयारले गरेका छन् ।

‘राज्यको एकताको प्रतिक, सम्मानित संवैधानिक राष्ट्रपति पदमा आसिन व्यक्तित्वलाई समय समयमा विवादमा ल्याउनु दुर्भाग्यपूर्ण त हुदैँ हो यसको वावजुत यसवाट सार्वभौम सम्पन्न नेपाली नागरिकमा सम्मानित राष्ट्रपति संस्था प्रति नै अनास्था नैराश्यता एवं अविश्वासको भावना पैदा गर्ने दुष्प्रयास भएको प्रष्ट हुन्छ जसको परिणाम मुलुकको अखण्डता,एकता एवं स्वाधिनता नै प्रत्यक्ष परोक्ष रुपमा कमजोर हुन पुग्छ’ परियारले सामाजिक संजालमा राखेका छन् ।

सम्मानित राष्ट्रपतिज्युलाई विवादमा ल्याईएका मुख्य विषयहरुमा नेपाल प्रहरीको आशाको केन्द्र एवं वर्तमान तथा पुर्व प्रहरीहरुको भावनासंग जोडिएको अति सम्मानित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजलाई अन्तै सारी, सो ठाउंँमा सम्मानित राष्ट्रपतिज्यूको हेलिकप्टरको लागि हेलिप्याड बनाउने, १८ करोडको अत्याधुनिक सुबिधा सम्पन्न बुलेट प्रुफ गाडी किन्ने, समय समयमा हुने भ्रमणमा कारगेट व्यवस्थापनवाट आम नागरिकहरुलाई आवत जावतमा असुविधा हुने गरेको भन्ने र हिजो मात्रै सम्माननीय राष्ट्रपतिज्यूले सम्मानित सदनमा पेश गर्नु भएको आ व२०७६ र ०७७ को नीति तथा कार्यक्रममा “मेरो सरकार” भनि सम्बोधन गर्नु भएको विषय पनि विवादित नै बन्न पुग्यो ।

राष्ट्रपति पद व्यक्ति नभई सम्मानित संस्था हो जो जहिले पनि निर्विवाद रहन्छ र हुनु पर्छ भन्ने सर्वमान्य सिद्धान्तवारे सम्बन्धित सल्लाहकारहरुमा ज्ञान नभएको हो वा हेल्चेक्र्याई ? वहाँ हरु नै जानु, तर एउटा बुझ्नु पर्ने कुरा चाँहि के हो भने मुलुक संघीयतामा जाँदा पंचायती व्यवस्थाले बिभाजन गरेको ५ वटा विकास क्षेत्र लाई प्रदेशमा परिणत गर्न त नेपाली जनताले मानेनन् भने पूर्वराजाले प्रयोग गर्ने भाषालाई दोहर्याउन लगाउँदा आम जनताले स्वीर्कालान त ? यो वास्तविकता एउटा सामान्य व्यक्तिलाई पनि थाहा हुने कुरा हो ।

‘केही सल्लाहकारहरुले अन्तर्राष्ट्रिय चलन हो भनि स्पष्टीकरण दिएको भरमा यसको बैधता प्रमाणित हुँदैन वरु नेपालको सविधानमा के व्यवस्था छ त्यसले मात्र कानुनी वा संवैधानिक मान्यता पाउँछ’ उनले धारणा राखेका छन् ।

त्यसैले देशको एकता स्वाधिनता, स्वतन्त्र एवं स्वाभिमान बलियो बनाउनका खांतिर मुलुकको एकताको प्रतिक सम्मानित राष्ट्रपतिलाई निर्विवाद राख्नु पर्ने आजको आवश्यकता हो यसका लागि सम्बन्धित सल्लाहकारहरु सजग तथा संबेदनशील भई अगाडी बढ्नु को विकल््प छैन् ।

वि.सं.२०७६ वैशाख २२ आइतवार १३:२२ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...