२४ बैशाख, काठमाण्डौं । पैसाका लागि आफ्नै बाबुले छोरालाई बन्धक राखेका छन् । इँटाभट्टामा बन्धक राखिएका ११ वर्षीय भारतीय बालकको सोमबार सप्तरी प्रहरीले उद्धार गरेको छ ।
आसाम राज्यस्थित ध्रुवी जिल्लका स्माइल एसकेले तीन लाख रुपैयाँका लागि ११ वर्षीय छोरा मेहिबुललाई सप्तरीको विष्णुपुर गाउँपालिका, वरही वीरपुरस्थित रतन इँटा उद्योगमा बन्धक राखेका थिए । इँटा उद्योगमा भारतीय श्रमिक उपलब्ध गराउने स्माइलले रतनका लागि पनि श्रमिक ल्याइदिने भन्दै छोरा बन्धकी राखी पैसा लिएका थिए । माघमा छोरो छाडेर गएका स्माइल फर्केर नआएपछि मोहिबुल अलपत्र परेका थिए ।
मोहिबुललाई इँटाभट्टाबाट निकालेर सुनसरीका इटहरीस्थित बाल हेल्पलाइनको संरक्षणमा पठाइएको सप्तरीको सिडियो सुरेन्द्र पौडेलले जानकारी दिए । मंगलबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७६ वैशाख २४ मंगलवार ०८:१४ मा प्रकाशित