
२४ बैशाख, काठमाण्डौं । विगतमा नेपाली नागरिकता हात पार्न सफल भएका दुई भारतीय नागरिकले बेग्ला बेग्लै घटनामा नेपाल सरकारको करिब १८ करोड रुपैयाँ राजस्व रकम लिएर फरार भएका छन् ।
यी मधये एकजनालाई आन्तरिक राजस्व कार्यालय वीरगन्जले बक्यौता असुलीका लागि खोजि गरिरहेको छ भने अर्का एकजनालाई जिल्ला अदालत पर्साले करिब दुई करोड रुपैयाँ भराउने र एकवर्ष कैद सजाय तोकेको छ ।
पहिलो घटना विवरण अनुसार जनकपुर उपमहानगरपालिका साबिकको वडा नम्बर २ घर भएकी बबिता गुप्ताको बिहे भारतको पूर्वी चम्पारणमा जिल्लामा भएको कानुनी रुपमा उनले भारतीय नागरिकता लिइन् ।
यताको नेपाली नागरिकता पनि लोग्नेको परिवारले त्याग्न दिएन । उनकै नाममा वीरगन्जमा देवर मुकेश गुप्ता र पति कृष्ण कुमार गुप्ताले मोहिनी इन्टरप्राइजेजको नामको फर्म दर्ता गराई कोइला आयात गरेर बेच्ने गरेका थिए । मंगलबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ वैशाख २४ मंगलवार ०८:२३ मा प्रकाशित





























