back
CTIZAN AD

विधिपूर्वक रमजान पर्वको शुभारम्भ

वि.सं.२०७६ वैशाख २४ मंगलवार

624 

shares

२४ बैशाख, पोखरा , पोखराका इस्लाम धर्मालम्बीहरुले आज बिहानदेखि धार्मिक विधिपूर्वक रमजान पर्वको शुभारम्भ गरेका छन् ।

इस्लाम पात्रोको नवौँ महीनामा यो पर्व मनाउने गरिन्छ । रमजानको पवित्र महीनालाई ‘शव–ए–कदर’ पनि भन्ने गरिन्छ । आजकै दिन मुस्लिम धार्मिक ग्रन्थ ‘कुरान शरीफ’ अल्लाहद्वारा अवतरित भएको धार्मिक विश्वास रहिआएको छ । सोही समयदेखि यो पर्व मनाउन थालिएको हो ।

रमजान पर्वको मुख्य उद्देश्य मानिसमा प्रेम र अल्लाहप्रति विश्वास जगाउनु रहेको छ । धार्मिक रीतिरिवाजको माध्यमबाट गलत कार्यबाट मानिसलाई टाढा राखेर चरित्रवान व्यक्ति बनाउने, गलत कार्य गरेमा पश्चात्ताप गर्ने, कसैमाथि अन्याय नगर्ने, झुट नबोल्नेका साथै असल कार्य गर्ने सम्बन्धमा प्रतिबद्धता प्रकट गर्ने रुपमा पनि लिने गरिएको छ । यसका साथै, यस पर्वमा दानको पनि विशेष महत्व पनि रहेको छ । गरीबलाई गरिने दानलाई ‘जकात’ भनिन्छ ।

चन्द्रमाको आधारमा मनाइने गरिएको यो पर्व २९ वा ३० दिनको हुने गर्दछ । चन्द्रमाको दर्शनपछि यो पर्व आज बिहानबाट शुरु भएको मोहम्मद मुनिर आलमले जानकारी गराए । एक महीना रोजा अर्थात् उपवासमा बसेर चन्द्रमाको दर्शन गरेपछि विधिवतरूपमा रमजान पर्वको समापन हुन्छ । त्यसपछि, इस्लाम धर्मावलम्बी खुशीयालीको रुपमा इदउल–फित्र अर्थात् इद पर्व मनाउने गर्छन् ।

एक महीनासम्म निरन्तररूपमा चल्ने यस पर्वमा प्रत्येक दिन रोजा (उपवास) बस्ने गर्छन् । सूर्योदय हुनुअगावै भोजन गरिसक्नुपर्ने हुन्छ । सूर्योदय भएपछि थुक पनि निल्नु नहुने मान्यताका साथ यस पर्वमा दिनभर उपवासमा बसेपछि सूर्यास्त भएपछि अन्न ग्रहण गर्ने गरिन्छ । समयको हेरफेर हुने भएकाले रोजा शुरु गर्नुअगावै र साँझ अन्न ग्रहण तालिकाको आधारमा गर्नुपर्ने नियम रहेको पोखराकै शेख अब्दुल हसनले बताए ।

इस्लाम धर्मको पाँच स्तम्भमध्ये चारा स्तम्भ यस पर्वसँग जोडिएको छ । सोअन्तर्गत, अल्लाहप्रति विश्वास, नमाज, रोजा र जकात पर्छन् । पाँचौँ स्तम्भमा ‘हज’ भनिएको छ । सूर्योदय हुनुअगावै गरिएको भोजनलाई ‘सहरी’ र सूर्यास्त भएपछि गरिने भोजनलाई ‘इफ्तार’ भन्ने गरिन्छ । मस्जिदमा बेलुकी ९ बजेको समयमा पढ्ने नमाजलाई ‘तरावीह’ भन्ने गरिएको मुनिर आलमले भने “पोखराका करीब १० हजारको सङ्ख्यामा रहेको इस्लाम धर्मावलम्बीहरु आस्थाका साथ ऐक्यबद्ध भएर रमजान पर्व मनाइरहेका छन् ।”

रमजान पर्वको अवधिमा गलत कार्य गर्न नहुने, झुट बोल्नु नहुने, लडाइँ, झगडा गर्नु नहुनेका साथै आफ्नी श्रीमतीसँग पनि शारीरिक सम्पर्क गर्नु नहुने र अन्य महिलालाई छुन पनि नहुने पर्वको कडा नियमभित्र पर्ने शेख अब्दुल हसनले बताए । शुद्ध आचरणका साथ यो पर्व गरेमा अल्लाहको कृपाप्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

अल्लाहप्रति कृतज्ञता प्रकट गर्ने उद्देश्यका साथ मनाइने गरिएको यस पर्वमा बिरामी, वृद्धवृद्धा, असक्त, गर्भवती महिला र बालबालिकालाई रोजा अर्थात् उपवासमा नबस्ने छुट दिइएको छ ।

वि.सं.२०७६ वैशाख २४ मंगलवार ०९:१८ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...