back

विधिपूर्वक रमजान पर्वको शुभारम्भ

वि.सं.२०७६ वैशाख २४ मंगलवार

30 

shares

२४ बैशाख, पोखरा , पोखराका इस्लाम धर्मालम्बीहरुले आज बिहानदेखि धार्मिक विधिपूर्वक रमजान पर्वको शुभारम्भ गरेका छन् ।

इस्लाम पात्रोको नवौँ महीनामा यो पर्व मनाउने गरिन्छ । रमजानको पवित्र महीनालाई ‘शव–ए–कदर’ पनि भन्ने गरिन्छ । आजकै दिन मुस्लिम धार्मिक ग्रन्थ ‘कुरान शरीफ’ अल्लाहद्वारा अवतरित भएको धार्मिक विश्वास रहिआएको छ । सोही समयदेखि यो पर्व मनाउन थालिएको हो ।

रमजान पर्वको मुख्य उद्देश्य मानिसमा प्रेम र अल्लाहप्रति विश्वास जगाउनु रहेको छ । धार्मिक रीतिरिवाजको माध्यमबाट गलत कार्यबाट मानिसलाई टाढा राखेर चरित्रवान व्यक्ति बनाउने, गलत कार्य गरेमा पश्चात्ताप गर्ने, कसैमाथि अन्याय नगर्ने, झुट नबोल्नेका साथै असल कार्य गर्ने सम्बन्धमा प्रतिबद्धता प्रकट गर्ने रुपमा पनि लिने गरिएको छ । यसका साथै, यस पर्वमा दानको पनि विशेष महत्व पनि रहेको छ । गरीबलाई गरिने दानलाई ‘जकात’ भनिन्छ ।

चन्द्रमाको आधारमा मनाइने गरिएको यो पर्व २९ वा ३० दिनको हुने गर्दछ । चन्द्रमाको दर्शनपछि यो पर्व आज बिहानबाट शुरु भएको मोहम्मद मुनिर आलमले जानकारी गराए । एक महीना रोजा अर्थात् उपवासमा बसेर चन्द्रमाको दर्शन गरेपछि विधिवतरूपमा रमजान पर्वको समापन हुन्छ । त्यसपछि, इस्लाम धर्मावलम्बी खुशीयालीको रुपमा इदउल–फित्र अर्थात् इद पर्व मनाउने गर्छन् ।

एक महीनासम्म निरन्तररूपमा चल्ने यस पर्वमा प्रत्येक दिन रोजा (उपवास) बस्ने गर्छन् । सूर्योदय हुनुअगावै भोजन गरिसक्नुपर्ने हुन्छ । सूर्योदय भएपछि थुक पनि निल्नु नहुने मान्यताका साथ यस पर्वमा दिनभर उपवासमा बसेपछि सूर्यास्त भएपछि अन्न ग्रहण गर्ने गरिन्छ । समयको हेरफेर हुने भएकाले रोजा शुरु गर्नुअगावै र साँझ अन्न ग्रहण तालिकाको आधारमा गर्नुपर्ने नियम रहेको पोखराकै शेख अब्दुल हसनले बताए ।

इस्लाम धर्मको पाँच स्तम्भमध्ये चारा स्तम्भ यस पर्वसँग जोडिएको छ । सोअन्तर्गत, अल्लाहप्रति विश्वास, नमाज, रोजा र जकात पर्छन् । पाँचौँ स्तम्भमा ‘हज’ भनिएको छ । सूर्योदय हुनुअगावै गरिएको भोजनलाई ‘सहरी’ र सूर्यास्त भएपछि गरिने भोजनलाई ‘इफ्तार’ भन्ने गरिन्छ । मस्जिदमा बेलुकी ९ बजेको समयमा पढ्ने नमाजलाई ‘तरावीह’ भन्ने गरिएको मुनिर आलमले भने “पोखराका करीब १० हजारको सङ्ख्यामा रहेको इस्लाम धर्मावलम्बीहरु आस्थाका साथ ऐक्यबद्ध भएर रमजान पर्व मनाइरहेका छन् ।”

रमजान पर्वको अवधिमा गलत कार्य गर्न नहुने, झुट बोल्नु नहुने, लडाइँ, झगडा गर्नु नहुनेका साथै आफ्नी श्रीमतीसँग पनि शारीरिक सम्पर्क गर्नु नहुने र अन्य महिलालाई छुन पनि नहुने पर्वको कडा नियमभित्र पर्ने शेख अब्दुल हसनले बताए । शुद्ध आचरणका साथ यो पर्व गरेमा अल्लाहको कृपाप्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

अल्लाहप्रति कृतज्ञता प्रकट गर्ने उद्देश्यका साथ मनाइने गरिएको यस पर्वमा बिरामी, वृद्धवृद्धा, असक्त, गर्भवती महिला र बालबालिकालाई रोजा अर्थात् उपवासमा नबस्ने छुट दिइएको छ ।

वि.सं.२०७६ वैशाख २४ मंगलवार ०९:१८ मा प्रकाशित

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

काठमाडौँ । नेपाल सरकारले रुसी सरकारलाई रुसी सेनामा कार्यरत रही...

एनसेल शेयर खरिद–बिक्री प्रक्रियाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

एनसेल शेयर खरिद–बिक्री प्रक्रियाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर...

सेयर बजारको ओरालो यात्रा कायमै, आज यी कम्पनीको सेयरमा गिरावट

सेयर बजारको ओरालो यात्रा कायमै, आज यी कम्पनीको सेयरमा गिरावट

काठमाडौँ । सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज...

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

काठमाडौँ, हेमन्त जोशी । पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक...

भन्सार कार्यालयबाटै ११ कार्टुन सुकमेल चोरी !

भन्सार कार्यालयबाटै ११ कार्टुन सुकमेल चोरी !

वीरगञ्ज (पर्सा) । पर्साको वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट...

‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयो : प्रधानमन्त्री ‘प्रचण्ड’

‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त...