back
CTIZAN AD

महिलामाथि हुने हिंसामा वृद्धि भएको आयोगको ठहर

वि.सं.२०७६ वैशाख २४ मंगलवार

618 

shares

२४ बैशाख, कञ्चनपुर । पुरुषबाट महिलामाथि हुने हिंसाको सङ्ख्या बढ्दै गएको राष्ट्रिय महिला आयोगले जनाएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सोमबार स्थानीय तहमा महिला विकाससम्बन्धी सम्पादित कार्यक्रमको नमूना परीक्षण कार्यक्रममा आयोगका उपसचिव मीरा सेरचनले नेपालको सामाजिक संरचना, मूल्य, मान्यता तथा सोचका कारण पुरुषमा हुने हिंसाभन्दा पुरुषबाट महिलामाथि हुने हिंसाको सङ्ख्या बढ्दो रहेको बताइन् ।

उनका अनुसार आयोगमा चालू आवको हालसम्म आर्थिक हिंसाका ६४९, शारीरिक हिंसाका ५८५ र मानसिक हिंसाका ४५९ उजुरी दर्ता भएका छन् । आयोगमा परेका उजुरीमध्ये घरेलु हिंसाका मात्रै ८३ प्रतिशत उजुरी छन् । महिला हिंसाका १७ प्रतिशत उजुरी दर्ता भएको उपसचिव सेरचनले बताउनुभयो ।

कानूनी कागजातको समस्या परेका उजुरीको सङ्ख्या २९१ छ । आयोगमा आव २०७४÷७५ मा घरेलु हिंसा र महिलाविरुद्ध हुने हिंसाका ८३८ उजुरी दर्ता भएका थिए । जसमध्ये घरेलु हिंसातर्फ ७६६ दर्ता भएका थिए । सोही अवधिमा शारीरिक हिंसा ३८८, मानसिक हिंसा ४३६, आर्थिक हिंसा २९८, यौनजन्य हिंसा ५८ उजुरी आयोगमा परेका थिए ।

घरेलु हिंसामा दर्ता भएका उजुरीमध्ये मानाचामल, सम्बन्धविच्छेद, अंशवण्डा, शारीरिक हिंसामा बढी उजुरी दर्ता भएका छन् । आयोगमा परेका ८३८ उजुरीमध्ये १३१ को मेलमिलाप पद्धतिद्वारा किनारा लगाइएको आयोगको अभिलेखमा उल्लेख गरिएको छ । आयोगका अनुसार विगतको तुलनामा घरेलु हिंसा ३५ दशमलव ६३ प्रतिशतले बढेको पाइएको छ ।

आयोगको उपसचिवसहितको टोलीले नगरपालिकाका जनप्रतिनिधिसँग बालविवाह, बहुविवाह, लैङ्गिक हिंसा, दाइजोप्रथा, छाउपडी प्रथा, मानव बेचबिखनको अवस्था, कुरीति, अन्धविश्वास, स्थानीय तहमा महिला समावेशिताका कुराबारे जानकारी लिएको छ ।

टोलीले महिलाको शिक्षाको अवस्था, स्वास्थ्यमा पहुँच, महिलाको आर्थिक अवस्थामा परिवर्तन ल्याउन ल्याएका योजना तथा नीति, रोजगारको अवस्था, ऐन, कानून निर्माण गर्दा महिला समावेशिता र न्यायिक समिति गठन, पूर्वाधार र जनशक्तिबारे जानकारी लिएको छ ।

नगरप्रमुख दिलबहादुर ऐरले नगरपालिकालाई महिलामैत्री र समावेशी बनाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए । उनले महिलाको सशक्तीकरण गर्न वडा कार्यालयमार्फत सीपमूलक, आयआर्जन र नेतृत्व विकासका कार्यक्रम सञ्चालन भइरहेको कार्यक्रममा जानकारी गराए ।

वि.सं.२०७६ वैशाख २४ मंगलवार ०९:२६ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...