back
CTIZAN AD

सचेत नभए अझै पनि खतराको घण्टी बझ्ने सम्भावना छ–अध्यक्ष दाहाल

वि.सं.२०७६ वैशाख २४ मंगलवार

666 

shares

२४ बैशाख, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरुमा हिजोको जस्तै त्याग तपस्या र बलिदान गर्न सक्ने संकल्प नगर्ने हो भने अझैपनि खतराको घण्टी बज्ने संभावना रहेको बताए ।

मंगलबार संसद्मा निति तथा कार्यक्रमको फलफलका क्रममा संसदलाई संबोधन गर्दै अध्यक्ष दाहालले संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्ने बताउँदै त्याग तपस्या र बलिदान गर्ने संकल्प नगरेमा अझैपनि खतराको घण्टी बज्न सक्ने बताए । उनले भने ‘त्यो खतरा आज नभए भोली, भोली नभए पर्सि आउनेछ ।’

अध्यक्ष दाहालले  हिजो ठूल्ठूला आन्दोलन र विद्रोहबाट आफूलाई विकसित बनाउँदै लगेका राजनीतिक दलका नेताहरुनै संसदमा रहेकोले ठूलो आत्म विस्वास तथा मुक्ति, प्राप्त गर्न सकिने र जनताको हितमा ठूल्ठूला उपलब्धि हासिल गर्न सक्ने अवस्था रहेको समेत बताए ।

‘हामीले जुन आत्म विस्वासका साथ जुन अभियान चलायौं, त्यो अभियान विकसित भएर यहाँ सम्म आइपुग्यौं, अब त्यसरी नै विकास, निर्माण र समृद्धिको लागि आफ्ना अगाडि ठूला लक्ष्य राखेर त्यो लक्ष्य प्राप्ति गर्नका लागि सिंगो राजनीतिक शक्ति र जनतालाई परिचालन गर्ने कार्यक्रम किन बनाउन सकेनौ ?’ अध्यक्ष दाहालले भने ।

अध्यक्ष दाहालले समृद्धिलाई एउटा अभियानको रुपमा र विकासलाई अगाडि लैजान सकिन्छ भन्ने विस्वास राखेर त्यो संकल्प गर्न सकेमा छिट्टै देश विकास हुने समेत बताए । उनले देश विकासका लागि भौगोलिक, राजनीतिक, अनुभव, अन्तराष्ट्रिय अनुभव र तिनबाट लिने कुराको दृष्टिले पनि नेपाल धेरै प्रचुर संभावना रहेको देश भित्र पर्ने बताए ।

उनले छिमेकी देश चीन र भारतको बारेमा बताउँदै भने, ‘हामीले चीन र भारतको वीचमा हुनु हामीले कहिलेकाँही अभिसापको रुपमा पनि लियौं तर त्यो अभिसाप नभएर बरदान भनेर त्यसलाई रुपान्तरण गर्ने संभावना पनि रहेको बताए ।

अध्यक्ष दाहालले सरकारले एक वर्षको अबधिमा गरेको विकास निर्माणका काममा संका नगर्न भन्दै ७० वर्षको इतिहास हेर्दा त्यो इतिहासले आत्मविस्वास नदिएको र विकासका दृष्टिकोणले, निर्माणका दृष्टिकोणले यस्तो पनि हुन सक्ला र ? भन्ने विगत रहेकोले वर्तमानमा नयाँ कुरा अगाडि सार्दा केही सपना देख्दा यो स्वेर कल्पना जस्तो मात्र होकी भन्ने नठान्न आग्रह गरेका थिए ।

‘यस्तो पनि हुन्छ र रेल आइहाल्ला त काठमाण्डौमा दक्षिण र उत्तरबाट भन्ने जस्तो पनि लाग्छ,’ अध्यक्ष दाहालले भने, ‘पूर्व पश्चिम रेलमार्ग चल्ला त ? कैयौ वर्षदेखि हामीले भन्दै आएका हौं, साच्चै छिटै नै अन्तराष्ट्रिस्तरको जहाज ग्राउण्ड बन्ला त ? या विभिन्न ठाउँमा क्षेत्रिय स्तरको एयरपोर्टहरु बन्लान त ? ठूल्ठूला होटल या पूर्वाधारहरु र संरचना बन्लान त ? नेपाल विकसित देशमा फड्को मार्न सक्ला त ? भन्ने कुरा कता कता काल्पनिक भएजस्तो र यस्ता कुराले जनतालाई आस्वासन दिएजस्तो लाग्न सक्छ । तर अब हामी सबै नेपाली, रजनीतिक पार्टीका नेतहरु, सांसद तथा देशभरीका जनप्रतिनिधिहरुले यस्तै सपना देख्नुपर्ने र सपना साकार पार्नका लागि आफूलाई समर्पित गर्नुपर्दछ ।’

अध्यक्ष दाहालले तथाकथित व्यवहारिक बन्ने नाममा तथाकथित सम्भव कुरा मात्र गर्ने भन्ने नाममा सुधारात्मक र मात्रात्मक कुरा गर्न थाल्दा समृद्ध नेपालको जे सपना देखेका हौं, त्या पूरा नहुने पनि बताए ।

वि.सं.२०७६ वैशाख २४ मंगलवार १३:३८ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...