back

सचेत नभए अझै पनि खतराको घण्टी बझ्ने सम्भावना छ–अध्यक्ष दाहाल

वि.सं.२०७६ वैशाख २४ मंगलवार

21 

shares

२४ बैशाख, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरुमा हिजोको जस्तै त्याग तपस्या र बलिदान गर्न सक्ने संकल्प नगर्ने हो भने अझैपनि खतराको घण्टी बज्ने संभावना रहेको बताए ।

मंगलबार संसद्मा निति तथा कार्यक्रमको फलफलका क्रममा संसदलाई संबोधन गर्दै अध्यक्ष दाहालले संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्ने बताउँदै त्याग तपस्या र बलिदान गर्ने संकल्प नगरेमा अझैपनि खतराको घण्टी बज्न सक्ने बताए । उनले भने ‘त्यो खतरा आज नभए भोली, भोली नभए पर्सि आउनेछ ।’

अध्यक्ष दाहालले  हिजो ठूल्ठूला आन्दोलन र विद्रोहबाट आफूलाई विकसित बनाउँदै लगेका राजनीतिक दलका नेताहरुनै संसदमा रहेकोले ठूलो आत्म विस्वास तथा मुक्ति, प्राप्त गर्न सकिने र जनताको हितमा ठूल्ठूला उपलब्धि हासिल गर्न सक्ने अवस्था रहेको समेत बताए ।

‘हामीले जुन आत्म विस्वासका साथ जुन अभियान चलायौं, त्यो अभियान विकसित भएर यहाँ सम्म आइपुग्यौं, अब त्यसरी नै विकास, निर्माण र समृद्धिको लागि आफ्ना अगाडि ठूला लक्ष्य राखेर त्यो लक्ष्य प्राप्ति गर्नका लागि सिंगो राजनीतिक शक्ति र जनतालाई परिचालन गर्ने कार्यक्रम किन बनाउन सकेनौ ?’ अध्यक्ष दाहालले भने ।

अध्यक्ष दाहालले समृद्धिलाई एउटा अभियानको रुपमा र विकासलाई अगाडि लैजान सकिन्छ भन्ने विस्वास राखेर त्यो संकल्प गर्न सकेमा छिट्टै देश विकास हुने समेत बताए । उनले देश विकासका लागि भौगोलिक, राजनीतिक, अनुभव, अन्तराष्ट्रिय अनुभव र तिनबाट लिने कुराको दृष्टिले पनि नेपाल धेरै प्रचुर संभावना रहेको देश भित्र पर्ने बताए ।

उनले छिमेकी देश चीन र भारतको बारेमा बताउँदै भने, ‘हामीले चीन र भारतको वीचमा हुनु हामीले कहिलेकाँही अभिसापको रुपमा पनि लियौं तर त्यो अभिसाप नभएर बरदान भनेर त्यसलाई रुपान्तरण गर्ने संभावना पनि रहेको बताए ।

अध्यक्ष दाहालले सरकारले एक वर्षको अबधिमा गरेको विकास निर्माणका काममा संका नगर्न भन्दै ७० वर्षको इतिहास हेर्दा त्यो इतिहासले आत्मविस्वास नदिएको र विकासका दृष्टिकोणले, निर्माणका दृष्टिकोणले यस्तो पनि हुन सक्ला र ? भन्ने विगत रहेकोले वर्तमानमा नयाँ कुरा अगाडि सार्दा केही सपना देख्दा यो स्वेर कल्पना जस्तो मात्र होकी भन्ने नठान्न आग्रह गरेका थिए ।

‘यस्तो पनि हुन्छ र रेल आइहाल्ला त काठमाण्डौमा दक्षिण र उत्तरबाट भन्ने जस्तो पनि लाग्छ,’ अध्यक्ष दाहालले भने, ‘पूर्व पश्चिम रेलमार्ग चल्ला त ? कैयौ वर्षदेखि हामीले भन्दै आएका हौं, साच्चै छिटै नै अन्तराष्ट्रिस्तरको जहाज ग्राउण्ड बन्ला त ? या विभिन्न ठाउँमा क्षेत्रिय स्तरको एयरपोर्टहरु बन्लान त ? ठूल्ठूला होटल या पूर्वाधारहरु र संरचना बन्लान त ? नेपाल विकसित देशमा फड्को मार्न सक्ला त ? भन्ने कुरा कता कता काल्पनिक भएजस्तो र यस्ता कुराले जनतालाई आस्वासन दिएजस्तो लाग्न सक्छ । तर अब हामी सबै नेपाली, रजनीतिक पार्टीका नेतहरु, सांसद तथा देशभरीका जनप्रतिनिधिहरुले यस्तै सपना देख्नुपर्ने र सपना साकार पार्नका लागि आफूलाई समर्पित गर्नुपर्दछ ।’

अध्यक्ष दाहालले तथाकथित व्यवहारिक बन्ने नाममा तथाकथित सम्भव कुरा मात्र गर्ने भन्ने नाममा सुधारात्मक र मात्रात्मक कुरा गर्न थाल्दा समृद्ध नेपालको जे सपना देखेका हौं, त्या पूरा नहुने पनि बताए ।

वि.सं.२०७६ वैशाख २४ मंगलवार १३:३८ मा प्रकाशित

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

युएई (दुबइ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप...

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने...

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...