back
CTIZAN AD

सरकारको नीति तथा कार्यक्रम राम्रो निबन्ध – काङ्ग्रेस

वि.सं.२०७६ वैशाख २४ मंगलवार

804 

shares

२४ वैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई राम्रो निबन्धको सङ्ज्ञा दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा व्यक्त गर्दै उनले माध्यमिक तहका विद्यार्थीलाई देश बनाउन के के गर्नुपर्छ भनेर निबन्ध लेख्न लगाए जस्तै सबै विषय समावेश गरिएको बताए ।

नीति तथा कार्यक्रम नारै नाराले भरिएको कार्यक्रमजस्तो भएको आरोप लगाउँदै नेता सिंहले काठमाडौँ उपत्यकाभित्रको धुलो हट्न नसकेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालत पनि राम्रो नभएको बताए । नीति तथा कार्यक्रममा समावेश गरिएका केही विषय सकारात्मक रहे पनि कार्यान्वयन भने मुस्किल रहेको उनले उल्लेख गरे ।

दोहोरो अङ्कको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य सहजै पूरा नहुने भएकाले त्यसका लागि थप रु १७ खर्ब लगानी गर्नुपर्नेमा जोड दिँदै नेता सिंहले पूरा हुने मात्रै सपना देख्न सुझाब दिए ।

सोही दलका बालकृष्ण खाँडले सरकारले संविधानको मूल्य र मान्यता विपरीत गतिविधि गरेको आरोप लगाउँदै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नै गलत संस्कार स्थापित गर्न खोजिएको बताए । प्रस्तुत नीति तथा कार्यक्रममा चालू आवको नीति तथा कार्यक्रमका विषयलाई निरन्तरता नदिइएको उनले गुनासो गरे ।

काङ्ग्रेसकै देवेन्द्रराज कँडेल र उमा रेग्मीले सरकारको नीति तथा कार्यक्रमले यर्थाथतालाई अवलम्बन गर्न नसकेको आरोप लगाए । सङ्घीय समाजवादी फोरमका उमाशङ्कर अरगरियाले कृषि, पर्यटन, जलविद्युत् क्षेत्रलाई प्रस्तुत कार्यक्रममा प्रमुख प्राथमिकता दिइएकामा धन्यवाद दिए ।

वि.सं.२०७६ वैशाख २४ मंगलवार १३:५३ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...