back
CTIZAN AD

शैक्षिक परामर्श केन्द्रहरुका कारण कुरुप राजधानी

वि.सं.२०७६ वैशाख २४ मंगलवार

603 

shares

२४ वैशाख, काठमाडौँ । बिहान ७ देखि ९ बजे सम्म कक्षा १२ को परिक्षा चलिरहँदा वातावरणीय हिसाबले काठमाडौं बिरुप देखिएको छ । बिहानको समय जब परिक्षाको समय सकिन थाल्दछ अनि च्याउ झैं खोलिएका बिभिन्न शैक्षिक परामर्श केन्द्रका ब्रोसर तथा पम्प्लेटहरुले सहरका सडकहरु बिरुप देखिन थाल्दछन । जेनिथ अब्रोड एजुकेसन कन्सल्टेन्सि, एसएस स्टडि सेन्टर, अभि एजुकेसन कन्सल्टेन्सि, पाठशाला एजुकेसन नेटवर्क, एजुकेसन डट कम, एसइए(SEA) इन्ट्रान्स प्रिपेरेसन, गोज एजुकेसनल कन्सल्टेन्सि लगाएतका कयौं शैक्षिक मरामर्श केन्द्रहरुले यस्तो गर्दै आएका छन । यस बिषयमा हामीले सम्बन्धित शैक्षिक परामर्श केन्द्रका संचालकहरुसंग प्रतिक्रिया लियौं । तिनिहरु मध्ये धेरैले हाम्रो पनि राज्य प्रतिको दायीत्व रहेको तर अन्जन बस यस्तो भएको बताए भने कतिले हामी अहिले नै गएर उठाउने पनि बताए ।

जेनिथ अब्रोड एजुकेसन कन्सल्टेन्सि, एसएस स्टडि सेन्टर, अभि एजुकेसन कन्सल्टेन्सि, पाठशाला एजुकेसन नेटवर्क, एजुकेसन डट कम, एसइए(SEA) इन्ट्रान्स प्रिपेरेसन, गोज एजुकेसनल कन्सल्टेन्सि लगाएतका कयौं शैक्षिक मरामर्श केन्द्रहरुले यस्तो गर्दै आएका छन ।

एजुकेसन कन्सल्टेन्सिहरुले यस्तो फोहर गर्दा तपाईहरु के गरिरहनु भएको छ ? कि तपाईंहरुको पनि मिलेमतो छ ? भन्ने हाम्रो जिज्ञासामा काठमाडौं महानगरपलिकाका वातावरण ब्यबस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले अफूहरुको मिलेमतो हुने कुरा नै गलत भएको तथा जथाभाबि फोहर गर्नेहरुलाई अनुसन्धान गरेर कार्बाहि गर्ने बताए । स्मरण रहोस गत वर्ष पनि यसरी नै फोहर गरेर सहरलाई कुरुप बनाउने कन्सल्टेन्सिहरुलाई कार्बाहि गर्दा एकै दिनमा एक लाख २० हजार जरिवाना संकलन गरिएको वातावरण विभागका तत्कालिन प्रमुख हरिबहादुर कुँवरले जानकारी दिएका थिए ।

यस्तो कार्य यस बर्ष मात्र भएको हैन । प्रत्येक बर्ष जतिबेला एसइइ, कक्षा ११ तथा १२ को परिक्षा सुरु हुन्छ त्यति बेला सहर नै कुरुप देखिने गरि पर्चाहरु फाल्ने कार्य सुरु हुन्छ । जानकारहरुका अनुसार यसरि गरिने फोहरले सहरको सौन्दर्य त घटाउँछ नै, यसका अलवा सडकका छेउमा रहेका ढलहरु अबरुद्ध हुने र वातावरण नै प्रतिकुल हुनजान्छ ।

संसारक कुनै पनि मुलुकमा यस्तो नहुने शैक्षिक परामर्शदाताहरुको प्रतिनिधि मुलक संगठन फेकनका अध्यक्ष युबराज कटवालले बताए । उनले भने ‘कानुन बिपरित राजधानी सहरलाई कुरुप बनाउनेहरुलाई कडा कार्बाहि गर्नुपर्छ । यसमा हाम्रो पनि सहयोग रहन्छ । स्थानिय सरकार के हेरि बसेको छ ? उनले भने हामी आफै फोहर गर्छौं अनि सरकार लाई गलि गर्दै हिंड्छौं ।’

काठमाडौं महानगरपलिका भित्र सन्चलनमा रहेका अधिकांस शैक्षिक परामर्श केन्द तथा ट्युसन सेन्टरहरु दर्ता विना नै सन्चालनमा रहेको महानगरले जनाएको छ । करिब ९० प्रतिशत यस्ता संस्थाहरु महानगरमा दर्ता नै नगरि संचालनमा रहेकोले अब कडाईका साथ अगाडी बढ्ने महानगरपलिका राजश्व बिभागका प्रमुख नुरनिधि न्यौपानेले बताए ।

वि.सं.२०७६ वैशाख २४ मंगलवार १४:०९ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...