back

शैक्षिक परामर्श केन्द्रहरुका कारण कुरुप राजधानी

वि.सं.२०७६ वैशाख २४ मंगलवार

273 

shares
GLOBAL IME AD
NTC AD

२४ वैशाख, काठमाडौँ । बिहान ७ देखि ९ बजे सम्म कक्षा १२ को परिक्षा चलिरहँदा वातावरणीय हिसाबले काठमाडौं बिरुप देखिएको छ । बिहानको समय जब परिक्षाको समय सकिन थाल्दछ अनि च्याउ झैं खोलिएका बिभिन्न शैक्षिक परामर्श केन्द्रका ब्रोसर तथा पम्प्लेटहरुले सहरका सडकहरु बिरुप देखिन थाल्दछन । जेनिथ अब्रोड एजुकेसन कन्सल्टेन्सि, एसएस स्टडि सेन्टर, अभि एजुकेसन कन्सल्टेन्सि, पाठशाला एजुकेसन नेटवर्क, एजुकेसन डट कम, एसइए(SEA) इन्ट्रान्स प्रिपेरेसन, गोज एजुकेसनल कन्सल्टेन्सि लगाएतका कयौं शैक्षिक मरामर्श केन्द्रहरुले यस्तो गर्दै आएका छन । यस बिषयमा हामीले सम्बन्धित शैक्षिक परामर्श केन्द्रका संचालकहरुसंग प्रतिक्रिया लियौं । तिनिहरु मध्ये धेरैले हाम्रो पनि राज्य प्रतिको दायीत्व रहेको तर अन्जन बस यस्तो भएको बताए भने कतिले हामी अहिले नै गएर उठाउने पनि बताए ।

जेनिथ अब्रोड एजुकेसन कन्सल्टेन्सि, एसएस स्टडि सेन्टर, अभि एजुकेसन कन्सल्टेन्सि, पाठशाला एजुकेसन नेटवर्क, एजुकेसन डट कम, एसइए(SEA) इन्ट्रान्स प्रिपेरेसन, गोज एजुकेसनल कन्सल्टेन्सि लगाएतका कयौं शैक्षिक मरामर्श केन्द्रहरुले यस्तो गर्दै आएका छन ।

एजुकेसन कन्सल्टेन्सिहरुले यस्तो फोहर गर्दा तपाईहरु के गरिरहनु भएको छ ? कि तपाईंहरुको पनि मिलेमतो छ ? भन्ने हाम्रो जिज्ञासामा काठमाडौं महानगरपलिकाका वातावरण ब्यबस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले अफूहरुको मिलेमतो हुने कुरा नै गलत भएको तथा जथाभाबि फोहर गर्नेहरुलाई अनुसन्धान गरेर कार्बाहि गर्ने बताए । स्मरण रहोस गत वर्ष पनि यसरी नै फोहर गरेर सहरलाई कुरुप बनाउने कन्सल्टेन्सिहरुलाई कार्बाहि गर्दा एकै दिनमा एक लाख २० हजार जरिवाना संकलन गरिएको वातावरण विभागका तत्कालिन प्रमुख हरिबहादुर कुँवरले जानकारी दिएका थिए ।

यस्तो कार्य यस बर्ष मात्र भएको हैन । प्रत्येक बर्ष जतिबेला एसइइ, कक्षा ११ तथा १२ को परिक्षा सुरु हुन्छ त्यति बेला सहर नै कुरुप देखिने गरि पर्चाहरु फाल्ने कार्य सुरु हुन्छ । जानकारहरुका अनुसार यसरि गरिने फोहरले सहरको सौन्दर्य त घटाउँछ नै, यसका अलवा सडकका छेउमा रहेका ढलहरु अबरुद्ध हुने र वातावरण नै प्रतिकुल हुनजान्छ ।

संसारक कुनै पनि मुलुकमा यस्तो नहुने शैक्षिक परामर्शदाताहरुको प्रतिनिधि मुलक संगठन फेकनका अध्यक्ष युबराज कटवालले बताए । उनले भने ‘कानुन बिपरित राजधानी सहरलाई कुरुप बनाउनेहरुलाई कडा कार्बाहि गर्नुपर्छ । यसमा हाम्रो पनि सहयोग रहन्छ । स्थानिय सरकार के हेरि बसेको छ ? उनले भने हामी आफै फोहर गर्छौं अनि सरकार लाई गलि गर्दै हिंड्छौं ।’

काठमाडौं महानगरपलिका भित्र सन्चलनमा रहेका अधिकांस शैक्षिक परामर्श केन्द तथा ट्युसन सेन्टरहरु दर्ता विना नै सन्चालनमा रहेको महानगरले जनाएको छ । करिब ९० प्रतिशत यस्ता संस्थाहरु महानगरमा दर्ता नै नगरि संचालनमा रहेकोले अब कडाईका साथ अगाडी बढ्ने महानगरपलिका राजश्व बिभागका प्रमुख नुरनिधि न्यौपानेले बताए ।

वि.सं.२०७६ वैशाख २४ मंगलवार १४:०९ मा प्रकाशित

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...

टिउसन पढ्न बोलाएर बालिकामाथि यौन दुर्व्यवहार

टिउसन पढ्न बोलाएर बालिकामाथि यौन दुर्व्यवहार

स्याङ्जा । स्याङ्जामा एक शिक्षकले टिउसन पढ्न बोलाएर विद्यार्थीमाथि यौन...

चिया बेचेरै मासिक ५० हजार आम्दानी

चिया बेचेरै मासिक ५० हजार आम्दानी

मोरङ । मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया...

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य...