back
CTIZAN AD

निमाको पहलमा काँग्रेसले सच्यायो परिपत्र, आसन र भाषणमा महिला अनिवार्य

वि.सं.२०७६ वैशाख २४ मंगलवार

552 

shares


२३ वैशाख, काठमाडौँ । आन्दोलनहरुमा काँधमा काँध थापेर सँगसँगै हिडे पनि कार्यक्रमका बेला मञ्चमा सकेसम्म महिलालाई आतिथ्यता नगराउने, गराउनै परेपनि देखाउन १/२ जनालाई मञ्चमा राख्ने अन्यथा अतिथि सम्मान र सभापतित्वको आसन ग्रहण गराउने प्रचलन छ । पो प्रचलन तोडिँदैछ काँग्रेस भित्र ।

नेपाली कांग्रेस यतिबेला जागरण अभियानमा छ । अभियानका क्रममा जागरण अभियानमा आसान र भाषणमा कांग्रेसले महिलालाई अनिवार्य हुनुपर्ने परिपत्र गरेको छ । काँग्रेसका महिला नेतृहरुको दबाबपछि जागरण अभियानका क्रममा महिलालाई आसन र भाषणमा अनिवार्य गराउनु पर्ने परिपत्र नै जारी गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा जारी गरिएको परिपत्रमा जागरण अभियानअन्तर्गतका हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिइएको छ । कांग्रेस महासमिति सदस्य निमा गिरी नेतृत्वको महिलाको टोलीले पार्टी अध्यक्ष, शीर्ष नेता तथा पदाधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै परिपत्र सच्याउन माग गरेको थियो ।

महिला टोलिले महिलाले मौका नै नपाउने अवस्था आउने बारेमा ख्याल नगरेको भन्दै परिपत्र सच्याउन आग्रह गरेका थिए । महिला टोलीसँगको भेटका क्रममा सभापति देउवाले पनि सच्याउन आश्वासन दिएका थिए । आश्वासन रुवरुप पार्टी कार्यालयले सभापति देउवाकै हस्ताक्षर रहेको परिपत्र जारी गर्दै हरेक कार्यक्रममा महिला वक्ता अनिवार्य गर्न निर्देशन दिएको हो ।

मञ्चमा आसन र भाषणमा महिला नभए कार्यक्रम नै बहिष्कार गर्नेसम्मका चेतावनी नेतृहरुले दिएपछि पार्टीले परिपत्र सच्याउन बाध्य भएको नेतृ गिरीले बताइन् ।

काँग्रेस आफैले संविधान बनाएको दाबा गर्दछ, संविधानकै आडमा पार्टीको विधानसमेत बनाएर समावेशीताको कुरा गरिएको छ, तर व्यवहारमा नहुने कुरा उठाउँदा पहिला त ‘महिलाहरु भैहाल्छिन नी स्वभाविक कुरो हो भन्ने गर्नुभएको थियो’, गिरीले भनिन् ‘हामीले ‘देशको संविधान र पार्टीको विधानमा उल्लेख गरिएको समावेशीतालाई ख्याल गर्न माग गर्दै हामीले नेतृत्वको ध्यानाकर्षण गराएका थियौँ, उहाँहरुले गल्ती महशुस गरी सच्याउनु भयो ।’

यो सानो प्रयास भएपनि थिति बसाल्ने गरी भएको यो पहिलो प्रयास हो, यसले अन्य राजनीतिक दलहरुमा समेत समावेशीताको ख्याल गर्नुपर्ने दबाब सिर्जना हुने उनको धारणा छ । नेतृ गिरी भन्छिन् ‘हेर्दा सामान्य होला तर यो उपलब्धी एतिहासिक हो, सबै महिला दिदीबहिनिको लागि सफलता र खुसिको कुरा हो ।’ महासमितिका महिला सदस्यहरुले पनि बधाई दिँदै हामीले ठाउँ पाउने थिएनौँ, तपाईले गर्दा अब हामीले ठाउँ पाउने भयौँ भनेर खुशी व्यक्त गर्नुभएको उनले सुनाइन । आफूलाई राजनीतिक दलका नेतृहरुले ‘राम्रो काम गर्नु भयो’ भनेर बधाई दिइरहनु भएको पनि उनले बताइन् ।

राम्रो काम जसले सुरु गरे पनि त्यसको सम्मान हुँदो रहेछ भन्ने अनुभव पनि गिरीले सुनाइन् । उनी भन्छिन् ‘राम्रो काम गर्न नेताको आँगन धाउनु पर्ने वा ठूलो भिड जम्मा हुनुपर्छ भन्ने हुँदो रहेनछ ।’

कांग्रेसले एक महिने जागरण अभियान यही वैशाख २५ गतेदेखि देशव्यापी रुपमा सुरू गर्न लागेको छ ।

वि.सं.२०७६ वैशाख २४ मंगलवार १४:१६ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...