back

निमाको पहलमा काँग्रेसले सच्यायो परिपत्र, आसन र भाषणमा महिला अनिवार्य

वि.सं.२०७६ वैशाख २४ मंगलवार

33 

shares


२३ वैशाख, काठमाडौँ । आन्दोलनहरुमा काँधमा काँध थापेर सँगसँगै हिडे पनि कार्यक्रमका बेला मञ्चमा सकेसम्म महिलालाई आतिथ्यता नगराउने, गराउनै परेपनि देखाउन १/२ जनालाई मञ्चमा राख्ने अन्यथा अतिथि सम्मान र सभापतित्वको आसन ग्रहण गराउने प्रचलन छ । पो प्रचलन तोडिँदैछ काँग्रेस भित्र ।

नेपाली कांग्रेस यतिबेला जागरण अभियानमा छ । अभियानका क्रममा जागरण अभियानमा आसान र भाषणमा कांग्रेसले महिलालाई अनिवार्य हुनुपर्ने परिपत्र गरेको छ । काँग्रेसका महिला नेतृहरुको दबाबपछि जागरण अभियानका क्रममा महिलालाई आसन र भाषणमा अनिवार्य गराउनु पर्ने परिपत्र नै जारी गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा जारी गरिएको परिपत्रमा जागरण अभियानअन्तर्गतका हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिइएको छ । कांग्रेस महासमिति सदस्य निमा गिरी नेतृत्वको महिलाको टोलीले पार्टी अध्यक्ष, शीर्ष नेता तथा पदाधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै परिपत्र सच्याउन माग गरेको थियो ।

महिला टोलिले महिलाले मौका नै नपाउने अवस्था आउने बारेमा ख्याल नगरेको भन्दै परिपत्र सच्याउन आग्रह गरेका थिए । महिला टोलीसँगको भेटका क्रममा सभापति देउवाले पनि सच्याउन आश्वासन दिएका थिए । आश्वासन रुवरुप पार्टी कार्यालयले सभापति देउवाकै हस्ताक्षर रहेको परिपत्र जारी गर्दै हरेक कार्यक्रममा महिला वक्ता अनिवार्य गर्न निर्देशन दिएको हो ।

मञ्चमा आसन र भाषणमा महिला नभए कार्यक्रम नै बहिष्कार गर्नेसम्मका चेतावनी नेतृहरुले दिएपछि पार्टीले परिपत्र सच्याउन बाध्य भएको नेतृ गिरीले बताइन् ।

काँग्रेस आफैले संविधान बनाएको दाबा गर्दछ, संविधानकै आडमा पार्टीको विधानसमेत बनाएर समावेशीताको कुरा गरिएको छ, तर व्यवहारमा नहुने कुरा उठाउँदा पहिला त ‘महिलाहरु भैहाल्छिन नी स्वभाविक कुरो हो भन्ने गर्नुभएको थियो’, गिरीले भनिन् ‘हामीले ‘देशको संविधान र पार्टीको विधानमा उल्लेख गरिएको समावेशीतालाई ख्याल गर्न माग गर्दै हामीले नेतृत्वको ध्यानाकर्षण गराएका थियौँ, उहाँहरुले गल्ती महशुस गरी सच्याउनु भयो ।’

यो सानो प्रयास भएपनि थिति बसाल्ने गरी भएको यो पहिलो प्रयास हो, यसले अन्य राजनीतिक दलहरुमा समेत समावेशीताको ख्याल गर्नुपर्ने दबाब सिर्जना हुने उनको धारणा छ । नेतृ गिरी भन्छिन् ‘हेर्दा सामान्य होला तर यो उपलब्धी एतिहासिक हो, सबै महिला दिदीबहिनिको लागि सफलता र खुसिको कुरा हो ।’ महासमितिका महिला सदस्यहरुले पनि बधाई दिँदै हामीले ठाउँ पाउने थिएनौँ, तपाईले गर्दा अब हामीले ठाउँ पाउने भयौँ भनेर खुशी व्यक्त गर्नुभएको उनले सुनाइन । आफूलाई राजनीतिक दलका नेतृहरुले ‘राम्रो काम गर्नु भयो’ भनेर बधाई दिइरहनु भएको पनि उनले बताइन् ।

राम्रो काम जसले सुरु गरे पनि त्यसको सम्मान हुँदो रहेछ भन्ने अनुभव पनि गिरीले सुनाइन् । उनी भन्छिन् ‘राम्रो काम गर्न नेताको आँगन धाउनु पर्ने वा ठूलो भिड जम्मा हुनुपर्छ भन्ने हुँदो रहेनछ ।’

कांग्रेसले एक महिने जागरण अभियान यही वैशाख २५ गतेदेखि देशव्यापी रुपमा सुरू गर्न लागेको छ ।

वि.सं.२०७६ वैशाख २४ मंगलवार १४:१६ मा प्रकाशित

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

भरतपुर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई...

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारको प्रत्याभूति दिलाउन...

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री ‘प्रचण्ड’

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी,...

ठगी गरेको आरोपमा जनप्रतिनिधिसहित चार पक्राउ

ठगी गरेको आरोपमा जनप्रतिनिधिसहित चार पक्राउ

कास्की । पोखराका एक जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परेका छन्...

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको उपमहासचिव पुनको आरोप

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको उपमहासचिव पुनको आरोप

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले एनसेल खरिद–बिक्री...

१४ किलो सुन प्रकरण : छ सदस्यीय छानबिन समिति गठन

१४ किलो सुन प्रकरण : छ सदस्यीय छानबिन समिति गठन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति बरामद गरिएको करिब १४...