
नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जीपी कोइराला फाउण्डेशन अमेरिका शाखाले न्युयोर्कको आफ्नै कार्यालयमा १३०औँ श्रमिक दिवसको अवसरमा बृहत बिचार बिमर्श कार्यक्रम सम्पन्न गर्यो।
कार्यक्रमको प्रमुख अतिथिमा नेपाल ट्रेड युनियन काग्रेसंका संस्थापक कोषाध्यक्षमा राजेन्द्र राउत थिए भने कार्यक्रमको अध्यक्षता जीपी कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले गरेका थिए । अध्यक्ष घिमीरेले शुभकामना मन्तव्य दिदै सबै उपस्थित महानुभावहरुको परिचय गराएका थिए ।
कार्य व्यस्तातले तथा भौगोलिक अवस्थाका कारणले उपस्थीत हुन नसक्ने महानुभावहरुले मेसेन्जर मार्फत कार्यक्रमको सफलता र मे दिवसको शुभकामना पठाएका थिए । यसरी शुभकामना पठाउनेहरुमा फाउण्डेशनका महासचिब सुरेन सापकोटा, नेपाल ट्रेड युनियन काग्रेसं का भुपु उपमहासचिब टि.पि. खनाल, ट्रेड युनियनकर्मीहरु जदु पोख्रेल र तरुण पौडेल रहेका थिए ।
कार्यक्रममा डा कमल पाण्डे, कृष्ण राज पाण्डे, रतन लामा, बिनोद रुवाली, हेमन्त बम मल्ल, धन ब. खत्री, शोभाकान्त पाण्डे, ने.वि.सघं अमेरिकाका सभापति प्रभात सापकोटा, नेपाल स्वास्थयं कर्मी सघं ललितपुरका अध्यक्ष मोहन पौडेल तथा नेपाल तरुण दल अमेरिकाका उपसभापति अन्नत सुवेदीले मे दिवसको शुभकामना मन्तव्य दिएका थिए ।
प्रमुख अतिथि राजेन्द्र राउतले नेपाल ट्रेड युनियन काग्रेसंको स्थापना र उद्देश्यका बारेमा बृहत जानकारी गराउदै अब भबिश्यमा छिट्टै AFL-CIO सँग आबद्व भएर एउटा पुलको काम गर्न सक्ने बताए ।
कार्यक्रमको अत्त्यमा फाउण्डेशनका उपसभापति शुवर्ण लामाले धन्यवाद ज्ञापन गरेका थिए ।
वि.सं.२०७६ वैशाख २४ मंगलवार १४:५७ मा प्रकाशित