back

देशलाई सहि बाटोमा हिडाउनका लागि राष्ट्रिय जागरण अभियान-नेता पौडेल

वि.सं.२०७६ वैशाख २५ बुधवार

30 

shares

२५ बैशाख, सिन्धुली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सुधार गर्ने र देशलाई सही बाटामा हिँडाउन अहिले जागरण अभियान चलाइएको बताएका छन् ।

नेपाल प्रेस युनियन सिन्धुलीले मंगलबार सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका विवाद पूरै समाधान नभए पनि यसलाई सही बाटामा हिँडाउन पनि सबै एक भएर लाग्ने र जागरण अभियान सफल बनाइने बताए ।

उनले भने, “ गलत प्रवृत्तिका विरुद्धमा अभियान चल्नेछ, अभियानले आफैँभित्र रहेको धुलो पनि टकटक्याएर देशलाई स्वच्छ राजनीतिक दिशा दिने सङ्कल्प लिएको छ, यसै सङ्कल्पका साथ जिल्ला जिल्लामा अभियान चलाइएको छ ।”

सो अवसरमा काङ्ग्रेसका नेता रामशरण महतले सङ्क्रमणकालीन अवस्था नसकिएको, संविधान पूरा कार्यान्वयनको सङ्क्रमण अझ बाँकी रहेको, तीन थरिका सरकारको कार्यविभाजन र शान्तिसुरक्षाका विषयमा विवाद भएकोर कर्मचारी प्राविधिक क्षमतामा कमी भएको विचार व्यक्त गरेका थिए ।

वि.सं.२०७६ वैशाख २५ बुधवार १३:४६ मा प्रकाशित

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

युएई (दुबइ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप...

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने...

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...