back
CTIZAN AD

शेयर बजारमा गिरावट, कसले गुमाए, कसले कमाए त ?

वि.सं.२०७६ वैशाख २५ बुधवार

594 

shares

२५ बैशाख, काठमाण्डौ । सोमबार र मङ्गलबार लगानीकर्तालाई उत्साहित बनाउँदै उकालो लागेको शेयर बजार आज भने झण्डै चार अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोवार मापक नेप्से परिसूचक ३.६८ बिन्दुले घटेर एक हजार २९७.६० बिन्दुमा पगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१७ बिन्दुले घटेर २७८.०७ बिन्दुमा पुगेको छ । आज १७५ कम्पनीका १९ लाख सात हजार ७८३ कित्ता शेयर रु ५० करोड ७९ लाख ३४ हजार ९१९ मा खरीद बिक्री भए । नेप्से परिसूचक घटेसँगै कारोवार रकम मङ्गलबारको तुलनामा घट्यो ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मात्र बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ । व्यापार २.७, उत्पादन ६९.२२ र अन्य उपसमूहको शेयर ३.५८ अङ्कले बढेको छ । त्यसैगरी बैंकिङ ५.८३, होटल ३२.९९, विकास बैंक ७.४१, जलविद्युत् १७.२, वित्त १.८१, निर्जीवन बीमा १४.५६, लघुवित्त ४.९५ र जीवन बीमा ०.१८ बिन्दुले घटेको छ ।

घटेको बजारमा आज हिमालय डिस्टिलरीका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै नवील इक्विडी फन्ड ४.९६, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड ४.११, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड ३.९४ र बोटलर्स नेपाल (तराई) लिमिटेडका शेयरधनीले ३.८१ प्रशितले कमाए ।

मल्टीप्रपोज फाइनान्स कम्पनी लिमिटेडका शेयरधनीले ९.५५, तारागाउँ रिजेन्सी होटल लिमिटेडका शेयरधनीले ४.८१, पाँचथर पावर कम्पनी लिमिटेडका शेयरधनीले ४.६२, फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीले ४.१९ र सिन्धु विकास बैंकका शेयरधनीले ३.७० प्रतिशतले गुमाएका छन् ।

वि.सं.२०७६ वैशाख २५ बुधवार १८:०५ मा प्रकाशित

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट...

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार...

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...