back
CTIZAN AD

परराष्ट्रविद् श्रेष्ठ गृह जिल्लामा सम्मनित

वि.सं.२०७६ वैशाख २८ शनिवार

750 

shares

२८ वैशाख । मकवानपुरका पूर्व सांसद पूर्व राजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई उनको गृहनगर हेटौँडामा रथारोहणसहित सम्मान गरिएको छ । नेवाः सांस्कृतिक पुचः मकवानपुरको आयोजनामा प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले उनलाई सम्मान गरेका हुन् ।

उनलाई रथमा चडाई हेटौँंडा नगरपरिक्रमा गराइएको थियो । उनको रथयात्राका क्रममा नेवारी वेषभूषमा सजिएर नेवारी बाजागाजा बजाइ बजार परिक्रमा गराइएको थियो । पराष्ट्रविद् श्रेष्ठ ७७ वर्ष सात महीना सात दिन पुगेको अवसरमा उनलाई नेवारी परम्परा अनुसार पूजाआजा गर्दै सम्मान गरिएको पुचः मकवानपुरले जनाएको छ ।

कार्यक्रममा सभामुख श्रेष्ठ, प्रदेशसभा सदस्य जुनेली श्रेष्ठलगायत मकवानपुरका विभिन्न नेवारी सङ्घ संस्था तथा अन्य समुदायका अगुवाको उपस्थिति रहेको थियो । श्रेष्ठले मकवानपुरसहित देशका लागि पु¥याएको योगदानको कदर गर्दै नेवा सांस्कृतिक पुचःले सम्मान गरेको नेवा साँस्कृतिक पुचःका अध्यक्ष विष्णुगोपाल महर्जनको भनाइ छ ।

मकवानपुरको पुरानो सदरमुकाम भिमफेदीमा लामो समय बसेर हेटौँडा आएका श्रेष्ठ हाल काठमाढौँमा बस्दै आएका छन् । पुच मकवानपुरको सल्लाहकारसमेत रहनुभएका श्रेष्ठले विभिन्न विषयमा ३० वटा पुस्तक लेखिसकेका छन् । बहुभाषामा ज्ञान राख्दै आएका श्रेष्ठ दुई पटकसम्म सांसद समेत भएका थिए ।

वि.सं.२०७६ वैशाख २८ शनिवार १९:३२ मा प्रकाशित

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...