
२९ बैशाख, काठमाण्डौं । बेलायतीहरुले केही वर्षयता यौन सम्पर्क कमगर्न थालेको एउटा बृहत राष्ट्रिय सर्वेक्षणले देखाएको छ ।
‘ब्रिटिश मेडिकल जर्नल’ मा प्रकाशित प्रतिवेदनले करिब एक तिहाइ महिला तथा पुरुषले एक महिनासम्म यौन सम्पर्क नगरेको देखाएको छ । १६ देखि ४४ वर्षका आधारभन्दा कम महिला तथा पुरुषले सातामा एकपटक मात्र यौन सम्पर्क गरेको प्रतिवेदनमा उल्लेख छ ।
३४ हजार मानिसमा गरिएको सर्वेक्षण प्रतिवेदन अनुसार २५ वर्षमाथिका वैवाहिक जोडि वा सँगै बसेका (लिभिङ टुगेदर) महिला तथा पुरुषयको यौन क्रियाकलापमा गत २१ वर्षको समयावधिमा सबैभन्दा बढी गिरावट आएको छ ।
अनुसन्धानकर्ताले बेलायतको यौन सम्बन्ध र जीवनशैली बरो सन् १९९१, २००१ र २०१२ को राष्ट्रिय सर्वेक्षणको तथ्यांकलाई आधार मानेका हुन् । आइतबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ वैशाख २९ आइतवार ०७:५९ मा प्रकाशित