back
CTIZAN AD

नेपाल भ्रमण वर्ष २०२०, सुरक्षित वातावरण निर्माणमा जोड

वि.सं.२०७६ जेठ २ बिहीवार

1.2K 

shares

२ जेठ, काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा आवश्यक रहेको बताइएको छ ।

पर्यटन विभाग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले बुधबार आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष–२०२० र पर्यटन सुरक्षामा सरोकारवाला निकायको झूमिका’ विषयक कार्यक्रमका वत्ताले सुरक्षित वातावरण निर्माण भए मात्र पर्यटक आगमन बढ्ने बताएका हुन् ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले प्रहरी एक्लैले पर्यटकको सुरक्षा गर्न नसक्ने भन्दै यसका लागि पर्यटन व्यवसायीको समेत गहन जिम्मेवारी रहेको बताए ।

“विश्वका अरु देशको राजधानीभन्दा नेपालको राजधानी काठमाडौँ आपराधिक क्रियाकलाप कम हुने राजधानीमा पर्छ, यो सन्देश विश्वमा लैजानु जरुरी छ”, उनले भने, समुदायसँग सहकार्य गरेर शान्तिपूर्ण समाज निर्माण गर्न काठमाडौँ प्रहरी लाग्ने उहाँको भनाइ छ । उनले ठमेलभित्र देखिएको विकृति अन्त्यका लागि व्यवसायीसँग छलफल गरेर अगाडि बढ्ने बताए ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरीले उत्कृष्ट सेवा प्रदान गरेको बताउँदै आगामी दिनमा पर्यटक प्रहरीलाई थप साधनस्रोत सम्पन्न बनाएर अगाडि लैजानुपर्ने बताए ।

उनले पर्यटक गाइडले पर्यटकलाई गलत ठाउँमा लगेर पैसा कमाउने खेल गरेको भन्दै यस्ता क्रियाकलापलाई रोक्न पर्यटन विभागले महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले पर्यटकको सुरक्षाका लागि सरोकारवाला निकायको सहभागितामा अधिकारसम्पन्न समिति निर्माण गर्नुपर्ने बताए ।

ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले इजाजतप्राप्त संस्थाबाट भन्दा पनि पर्यटक आफूखुशी जाँदा पर्यटक हराउने तथा असुरक्षित हुने गरेको बताए । कार्यक्रममा विभिन्न पर्यटन क्षेत्रका अध्यक्ष तथा प्रतिनिधिले पर्यटन सुरक्षाका लागि पर्यटक प्रहरीको अधिकार क्षेत्र बढाएर अगाडि बढ्न सुझाव दिएका थिए ।

पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरीले पर्यटनको बारेमा जानकारीमूलक एप्स सञ्चालनका साथै राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा महानगरीय पर्यटन सूचना केन्द्र सञ्चालन गर्न लागेको पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए ।

पर्यटकको सुरक्षाका लागि स्थापना भएको पर्यटक प्रहरीमा सन् २०१८ र ०१९ मा मात्र ५४६ उजुरी परेको पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले जनाएको छ ।

वि.सं.२०७६ जेठ २ बिहीवार ०९:४८ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...