back
CTIZAN AD

‘गोपनियता र सूचना चुहावट गर्नेलाई अमेरिकी कानुन अनुसार कारबाही गरिने छ’

वि.सं.२०७६ जेठ २ बिहीवार

1K 

shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले ‘ब्यक्तिगत विवरणको गोपनियता’ चुहावटको सम्बन्धमा अनुसन्धान गरिरहेको बताएको छ ।

एनआरएनएले ‘ब्यक्तिगत विवरणको गोपनियता’ चुहावट सम्बन्धी अनुसन्धानका लागि प्राविधिक एवम कानुनी परामर्श शुरुवात भईसकेको र सूचना चुहावट गर्नेहरुमाथी अमेरिकी कानुन अनुसार सबै प्रकारका कारवाही हुने पनि स्पष्ट पारेको छ ।

‘दोषीलाई कानुनी कठाघारामा उभ्याउन यहाँहरुले प्राप्त गर्नुभएका सूचना लगायत दोषीमाथी कारवाहीका लागी यहाँहरुका सबै प्रकारका सहयोगको हार्दिक अपेक्षा गर्दछु ।’ एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेलद्धारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।

प्रेस बिज्ञप्ति

‘आदरणीय अमेरिकावासी एनआरएनप्रेमी दाजुभाई तथा दिदीबहिनीहरु,
नमस्कार ।

प्रवासी नेपालीहरुको साझा संगठन एनआरएनए अमेरिकाको सबलतामा तपाईं सम्पूर्ण महानुभावरुको लगाव प्रति अनुग्रहित छौं । अहिले हामीमाझ तथ्यपरक सुचनाहरुभन्दा ब्यक्तिगत हल्ला र अनर्गल प्रचारहरुको बाढी आएको छ । तर हल्ला र खबरहरुमा हामीले सत्यता खोज्नु जरुरी छ ।
अमेरिकाको कानुन अनुसार बिधीवत दर्ता भएको प्रवासी नेपालीहरुको सर्वप्रिय संस्था एनआरएनए अमेरिकाको नियमित प्रकृयालाई सुचारु गर्न र सो प्रकृयाको बैधानिक बाटोस्वरुप निर्वाचन गराउन सम्मानित अदालतले दिएको निर्देशन, बिभिन्न समितिहरुको अहोरात्रको मेहनतपछि अब निर्वाचन समितिको मातहतमा चुनाव गराउने एउटै जिम्मेवारी बांकी रहेको जानकारी गराउन चाहन्छु ।

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,
एनआरएनए अमेरिकाको शक्तिशाली साधारण सभाले निर्माण गरेको निर्वाचन समिती, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्नाका लागि गठित सुपरिवेक्षण समिती, सदस्यता भेरीफिकेशन समिती र पून : निर्वाचन समितिमा अन्तर्निहित ‘ब्यक्तिगत गोपनियताको विवरण’ अहिले एउटा दुःख लाग्दो पक्ष बनेको छ । कानुनको राज्य अमेरिकामा त्यो अपराध र अमान्य हो, यो कुरामा एनआरएनए अमेरिकाको कार्यसमिती र मेरो गहिरो ध्यान केन्द्रित भएको छ ।

एनआरएनए अमेरिका सत्यताको बाटोमा सदैव हिड्ने एउटा छाता संगठन भएकोले ‘ब्यक्तिगत गोपनियताका बिवरण’ गैरकानुनी रुपमा सार्वजानिक भएको बिषयमा हामीले गम्भिरताका साथ छानबिनका प्रकृया शुरु गरेको जानकारी गराउन चाहन्छु । कसैले गोपनियताको त्यो सूचना सार्वजनिक गर्ने हर्कत र सौदाबाजी गरेको प्रमाण भए कृपया हामीलाई सूचना प्रदान गराइदिनुहुन म यसै वक्तब्यमार्फत सार्वजानिक अनुरोध गर्दछौ ।

एउटा संस्थाको असल बाटो नियम, अनुशासन र संस्थाप्रतिको लगावले तय भएको हुन्छ । यो निश्चित बाटोमा ईमान्दारिता र समर्पण मात्र हिड्दछ, न कि ब्यक्तिगत आक्षेप, दुराशय र बेईमानी । समर्पण र जिम्मेवारीताको सवाललाई ह्रृदयमंगम गर्दै साधारणसभाले प्रत्याभुती गरेको अधिकार, एनआरएनए अमेरिकाको आफ्नो बिधानभन्दा बाहिर गएर सार्वजनिक भएको ‘गोपनियताको ब्यक्तिगत विवरण’ को छानवीनको प्रारम्भिक प्रकृया शुरु भईसकेको र यथाशाक्य सार्वजनिक गरिने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।’

पुनश्च : ब्यक्तिगत विवरणको गोपनियता चुहावटको अनुसन्धानका लागि प्राविधिक एवम कानुनी परामर्श शुरुवात भईसकेको जानकारी गराउंदछु तथा गोपनियताका सुचना चुहावट गर्नेहरुमाथी अमेरिकी कानुन अनुसार सबै प्रकारका कारवाही हुने स्पष्ट पार्न चाहन्छु । दोषीलाई कानुनी कठाघारामा उभ्याउन यहाँहरुले प्राप्त गर्नुभएका सुचना लगायत दोषीमाथी कारवाहीका लागी यहाँहरुका सबै प्रकारका सहयोगको हार्दिक अपेक्षा गर्दछु ।’

डा. केशव पौडेल
अध्यक्ष
एनआरएनए एनसिसी अमेरिका ।

वि.सं.२०७६ जेठ २ बिहीवार ०९:२६ मा प्रकाशित

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...