back

तमु समाज ओमानद्वारा मिर्गौला रोगले पीडितलाई सहयोग

वि.सं.२०७६ जेठ २ बिहीवार

54 

shares

ओमान । तमु समाज ओमानले नेपालमा रहेका दुई जना मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ ।

समाजले मानविय सेवा र सहयोग नै ठूलो धर्म हो भन्ने भावलाइ आत्मबोध गर्दै दुईजनालाई ३० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो ।

समाजले जेठ २ गते मिर्गौला पीडितद्धय स्याङ्जा चापाकोट न.पा. वार्ड न.७ निबासी,कमल गुरुङ र नवलपुर–कावासेती निवासी, गणेश सापकोटालाई सहयोग स्वरूप रकम पठाएको समाजका महासचिव निशेक तमुले जानकारी गराएका हुन् । समाजले पीडितद्धयको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

आकस्मिक रुपमा मिर्गौला पीडितको सहयोगका निम्ति समाजको परिवारभित्र रकम संकलन गरिएको समाजले जनाएको छ ।

समाजका संरक्षक, सल्लाहकारहरु, पदाधिकारीहरु एवम् सम्पूर्ण सदस्यहरुको यो सहयोगी मनहरुमा तमु समाज ओमानका अध्यक्ष पुर्ण तमुले हार्दिक आभार एवम धन्यवाद व्यक्त गरेका छन् ।

वि.सं.२०७६ जेठ २ बिहीवार ०९:०२ मा प्रकाशित

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

काठमाडौं । अमेरिकाको नर्थक्यारोलिना राज्यमा नेपालीहरुको चाड दशै र तिहारमा...

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिवना) को...