back
CTIZAN AD

दाजु भेट्न मुम्बई हिँडेकी नेपाली चेलीमाथि दिल्लीमा सामुहिक बलात्कार

वि.सं.२०७६ जेठ ३ शुक्रवार

684 

shares

३ जेठ, नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीय नेपाली महिलामाथि सामूहिक बलत्कार भएको छ । दिल्लीको द्धारकामा आइतबार राति चारजनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । ती महिला मुम्बई पुगेपछि मात्र घटना बाहिर आएको हो । घटनालाई लिएर मुम्बईको ओसिवारा पुलिस थाानामा एफआइआर दर्ता भएको छ ।
प्रहरी अनुसन्धानमा ती महिला मुम्बईमा रहेका आफ्ना दाजु भेट्न भन्दै ९ मेमा चितवनबाट नयाँदिल्लीका लागि हिडेको खुलेको छ । उनी ११ मेमा दिल्ली पुगेपछि उनले मुम्बई जाने बस कहाँ छ भनेर सोधपुछ गर्न थालिन् । त्यहि क्रममा एकजनाले द्धाराका बाट जान्छ भनेपछि द्धारका पुगिन् । द्धारकामा उनी एक फलफूल पसलेको सम्पर्कमा पुगिन् ।
पसलेले उनलाई मुम्बई पठाइदिन्छु र आवस्यक व्यवस्था गरिदिन्छु भनेर आश्वासन दियो । साँझ पर्दैै गएपछि रातिको समयमा बाहिर बस्न हुँदैन भन्दै आफ्नो कोठामा जान अनुरोध गर्यो । मुम्बई पठाइदिन्छु भन्ने आश्वासन पाएकी ती महिलालाई थाहा थिएन, रक्षकका रुपमा प्रस्तुत भएको व्यक्ति नै केहीबेरमा भक्षक हुन्छ भन्ने । नजिकैको कोठामा लगेपछि उसले बलात्कार गर्यो । प्रहरीका अनुसार उसले आफूले बलात्कार गरेपछि अन्य तीन जनालाई बोलायो र उनीहरुले पनि बलात्कार गरे ।
प्रहरीका अनुसार मुख्य अभियुक्तले मुम्बईमा तेरो को छ भनेपछि उनले दाजुलाई भेट्न जान लागेको बताइन् । उसकै फोनबाट मुम्बईमा रहेका दाजुसँग कुरा गराएकी थिइन् । पछि अभियुक्तका साथीले ती युवतीलाई अटो रिक्सामा चढाएर दिल्ली स्टेशन पुर्याएर मुम्बई जाने रेलमा चढाइदिएका थिए । १३ तारिख राति उनी मुम्बई पुगेपछि मात्र उक्त घटना बाहिर आएको हो ।
युवतीका दाइको मोबाइल फोनका आधारमा घटनामा संलग्न मुख्य अभियुक्तको नाम र ठेगाना पहिचान भइसकेको छ । शुक्रबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ जेठ ३ शुक्रवार ०७:४४ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...