back
CTIZAN AD

मेची महाँकाली पदयात्रा सम्पन्न, एक लाख १७ हजार अन्तरक्रिया

वि.सं.२०७६ जेठ ४ शनिवार

1.2K 

shares

४ जेठ, काठमाडौँ । जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि चैत ३ बाट शुरु भएको महाकाली–मेची पदयात्रा काँकडभिट्टा पुगेर सम्पन्न गरिएको छ । पैदयात्रामा सहभागी होमराज आचार्य, अशोक दर्नाल र रीता परियारले देशका प्रत्येक कुनाकाप्चाबाट छुवाछूत सदाका लागि अन्त्य गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ उक्त पदयाक्रा गरिएको यहाँ आयोजित एक कार्यत्रममा जानकारी दिए ।

एक लाख १७ हजार नागरिकसँग प्रत्यक्ष संवाद, अन्तक्र्रिया र छलफल गर्दै आफूहरुले सामाजिक विभेद नै परिर्वतनको बाधक तत्व भएकाले स्थानीय स्तरबाटै यसको समधानको उपाय खोज्न र कानून कार्यान्वयनमा देखिएका कमीकमजोरी सच्याएर समाजलाई सचेत गराउने काम गरिएको उनीहरुको भनाइ थियो । पदयात्री दर्नालले आफूहरुले ५४ दिन लामो महाकाली–मेची पदयात्रामा १३२८ किलोमिटर यात्रा गरेको जानकारी दिए । अर्का पदयात्री आचार्य र परियारले याक्राका त्रममा दलितले भोग्दै आएको पीडाबारे पनि साक्षात्कार गरिएको बताए ।
“छुवाछूतसम्बन्धी नीति तथा नियम किताबमा मात्रै सीमित भएकाले त्यसलाई व्यवहारमा लागू गरिनुपर्नेमा जोड दिँदै उहाँहरुले आगामी छ महीनाभित्र जातीय विभेद र छुवाछूत अन्त्यका लागि सामाजिक रुपान्तरणमा लाग्ने र ७५३ स्थानीय निकायकाबाट ५१ सदस्यीय परिर्वतनका लागि संवाहक नामक समिति गठन गरी राष्ट्रिय सञ्जाल निर्माण गरिने जानकारी दिए ।

वि.सं.२०७६ जेठ ४ शनिवार १२:०० मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...