back

मेची महाँकाली पदयात्रा सम्पन्न, एक लाख १७ हजार अन्तरक्रिया

वि.सं.२०७६ जेठ ४ शनिवार

903 

shares

४ जेठ, काठमाडौँ । जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि चैत ३ बाट शुरु भएको महाकाली–मेची पदयात्रा काँकडभिट्टा पुगेर सम्पन्न गरिएको छ । पैदयात्रामा सहभागी होमराज आचार्य, अशोक दर्नाल र रीता परियारले देशका प्रत्येक कुनाकाप्चाबाट छुवाछूत सदाका लागि अन्त्य गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ उक्त पदयाक्रा गरिएको यहाँ आयोजित एक कार्यत्रममा जानकारी दिए ।

एक लाख १७ हजार नागरिकसँग प्रत्यक्ष संवाद, अन्तक्र्रिया र छलफल गर्दै आफूहरुले सामाजिक विभेद नै परिर्वतनको बाधक तत्व भएकाले स्थानीय स्तरबाटै यसको समधानको उपाय खोज्न र कानून कार्यान्वयनमा देखिएका कमीकमजोरी सच्याएर समाजलाई सचेत गराउने काम गरिएको उनीहरुको भनाइ थियो । पदयात्री दर्नालले आफूहरुले ५४ दिन लामो महाकाली–मेची पदयात्रामा १३२८ किलोमिटर यात्रा गरेको जानकारी दिए । अर्का पदयात्री आचार्य र परियारले याक्राका त्रममा दलितले भोग्दै आएको पीडाबारे पनि साक्षात्कार गरिएको बताए ।
“छुवाछूतसम्बन्धी नीति तथा नियम किताबमा मात्रै सीमित भएकाले त्यसलाई व्यवहारमा लागू गरिनुपर्नेमा जोड दिँदै उहाँहरुले आगामी छ महीनाभित्र जातीय विभेद र छुवाछूत अन्त्यका लागि सामाजिक रुपान्तरणमा लाग्ने र ७५३ स्थानीय निकायकाबाट ५१ सदस्यीय परिर्वतनका लागि संवाहक नामक समिति गठन गरी राष्ट्रिय सञ्जाल निर्माण गरिने जानकारी दिए ।

वि.सं.२०७६ जेठ ४ शनिवार १२:०० मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...