back
CTIZAN AD

भारतमा आज अन्तिम तथा सातौं चरणको निर्वाचन

वि.सं.२०७६ जेठ ५ आइतवार

681 

shares

५ जेठ नयाँ दिल्ली । भारतमा भइरहेको लोकसभाको निर्वाचन अन्तर्गत आइतबार अन्तिम तथा सातौँ चरणको मतदान भइरहेको छ ।देशभरका सात प्रदेशका ५९ निर्वाचन क्षेत्रमा मतदान भइरहेको निर्वाचन आयोगका अधिकारीहरुले जानकारी दिएका छन ।

आइतबारको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९१८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । प्रधानमन्त्री मोदी उत्तर प्रदेशको वाराणसीबाट उम्मेदवार बन्नु भएको छ । उहाँलाई भारतीय राष्ट्रिय काँग्रेसका अजय राय र समाजवादी पार्टीका शलिनी यादवले चुनौती दिएका छ ।

यस चरणको निर्वाचनमा उत्तर प्रदेश र पञ्जाबमा १३–१३ सिटका लागि मतदान भइरहेको छ भने पश्चिम बंगालका नौ सिटका लागि मतदान भइरहेको छ ।

त्यसैगरी बिहार र मध्यप्रदेशका आठ–आठ सिट, हिमाञ्चलका सबै चार सिट, झारखण्डका तीन सिटका लागि तथा केन्द्र शासित चण्डीगढको एक सिटमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।आयोगले आइतबार निर्वाचन सकिए पनि मतपरिणाम भने यही मे २३ तारिखदेखि मात्रै सार्वजनिक हुने जनाएको छ । भारतमा गत अप्रिल ११ देखि चरणबद्ध रुपमा लोकसभाको निर्वाचन भइरहेको छ ।

वि.सं.२०७६ जेठ ५ आइतवार १७:३८ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...