
६ जेठ, काठमाण्डौं । सरकारले मुलुकका विभिन्न महत्वपूर्ण विषयमा अनुसन्धानका लागि स्थापना गरेको नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष प्रा.डा चैतन्य मिश्रले पदबाट राजिनामा दिएका छन् । परराष्ट्र मामिला, सुरक्षा र विकासलगायतका विषयमा अध्ययन अनुसन्धान गर्न स्थापना भएको प्रतिष्ठानले राम्रोसँग काम सुरु नगर्दै अध्यक्षले राजीनामा गरेका हुन् ।
प्रा.डा मिश्रको राजीनामासँगै प्रतिष्ठानको भविष्य र प्रभावकारिता माथि प्रश्न उठेको छ । सरकारले विगतमा पनि परराष्ट्र अध्ययन प्रतिष्ठानलगायतका विभिन्न अनुसन्धानमुलक संस्था स्थापना गरेको थियो । त्यस संस्था प्रभनवकारिताको विषयमा सुरुमै पनि प्रश्न उठेको थियो ।
सरकारले हस्तक्षेप नगर्ने गरी मन्त्रिपरिषद् बैठकबाट विषयगत विज्ञलाई प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरिएकाले यसले प्रभावकारी काम गर्ने अनुमान गरिएको थियो । तर, प्रतिष्ठानका अध्यक्ष मिश्रले प्रशासनिक झन्झट कारण देखिाउँदै राजीनामा बुझाएका छन् । त्यसले यसको प्रभावकारितामा थप आशंका प्रदा भएको छ । सोमबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ जेठ ६ सोमवार ०७:४३ मा प्रकाशित





























